मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग « Khabarhub

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु । यही सडकलाई देखाएर नेताहरुले चुनाव जिते पनि सडकको अवस्था उस्तै छ । वर्षौँ भयो, सडकको अवस्था सुध्रिएको छैन । वर्षायाममा हिलोले गाडी फस्छ, हिउँदमा धुलोले सास फेर्न गाह्रो हुन्छ ।

शुक्लागण्डकी नगरपालिका–३ कालिमर्‍याङका दलबहादुर थापाले चुनावका बेला जनतालाई आश्वासन देखाएकाहरुले चुनाव जितेपछि काम नगरेको गुनासो गरे । उनले भने, ‘चुनाव आउँदा हामी जनताको घर–घर धाउँछन् । हात जोड्छन्, सपना देखाउँछन् । तर, जितेपछि हामी को हौँ भनेर कसैले सोध्दैन । सडकको यस्तो हालत देख्दा नेताको आँखा नखुल्नु लाजमर्दो हो । चुनाव आउँदा मात्रै हामी नागरिक हुन्छौँ ।’

शुक्लागण्डकी नगरपालिका–६ ब्यागनका विष्णुमाया परियारले चुनावका बेला मात्रै सडकले प्राथमिकतामा पाउने गरेकामा गुनासो गरिन् । उनले भनिन्, ‘सडकको सास्ती कति छ, शब्दमा बयान गर्नै सकिँदैन । नेताहरूले यो बाटोलाई चुनावी भाषणको मसला मात्रै बनाए । हामीले दुःख भोगिरहेका छौँ, उनीहरू भाषण गरेर सत्तामा पुगिरहेका छन् ।’

दुलेगौँडा–हर्कपुर मोटरमार्गको शुक्लागण्डकी नगरपालिका–३ वन्केवाको टारदेखि म्याग्दे गाउँपालिका–६ हर्कपुर खण्ड कालोपत्रेका लागि ठेक्का लगाएको सात वर्ष पुगेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ योजनाअन्तर्गत दुलेगौँडा–हर्कपुर मोटरमार्ग कालोपत्रे गर्न २०७६ साल कात्तिक ४ गते शङ्करमाली निर्माण सेवा प्रालि काठमाडौंले ठेक्का लियो ।

कूल १०.१८ किलोमिटर सडक कालोपत्र २०७८ साल माघ १६ गतेभित्र सक्ने सम्झौता भएपनि हालसम्म चार पटक म्याद थप भएको छ । थपिएको म्याद आगामी चैतमा सकिन्छ । तर, काम भने ५० प्रतिशत पूरा भएको छैन ।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो ।

स्थानीय एवं दुलेगौँडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताए । (रासस)

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : ५३ बजे

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले