मैवाखोलाद्वारा किबीका बिरुवा वितरण « Khabarhub

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ । ‘एक घर एक फलफूल बगैँचा विकास’ कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरिएको हो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र राईका अनुसार इलाम जिल्लाबाट खरिद गरी हे–वार्ड जातका किबीका बिरुवा वितरण गरिएको हो ।

किबीखेती गर्न इच्छुक गाउँपालिकाभित्रका किसानबाट आवेदन माग गरी प्राप्त आवेदनका आधारमा बिरुवा खरिद गरेर वितरण गरिएको छ । उनका अनुसार किसानलाई आवश्यकता र उपलब्धताका आधारमा ३० देखि १०० वटासम्म बिरुवा उपलब्ध गराइएको छ । किबीखेतीका लागि ३३ किसानले आवेदन दिएका थिए र आवेदन दिने सबै किसानलाई बिरुवा वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ‘एक घर एक फलफूल बगैँचा’ विकास गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको हो । उनले किवीका बिरुवा प्राप्त गर्ने किसानलाई अन्य प्रजातिका बिरुवा नदिइने पनि स्पष्ट पारे । वितरण गरिएका बिरुवाको नियमित अनुगमन गर्नुका साथै आवश्यक प्राविधिक सहयोगसमेत गाउँपालिकाले उपलब्ध गराउने उनले बताए ।

त्यसैगरी, किसानले लगेको बिरुवाको उचित स्याहार सुसार नगरेमा वा समयमै नरोपेमा गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधा रोक्का गर्न सकिने उनको भनाइ छ ।

किसानले उत्पादन गरेको फलफूलको बजारीकरणका लागि समेत गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने अध्यक्ष वनेमले जानकारी दिए ।

यस कार्यक्रमले स्थानीयस्तरमा व्यावसायिक किबीखेती विस्तार गर्नुका साथै किसानको आयआर्जन वृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १० : ५५ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा