काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ? « Khabarhub

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका धेरै मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान सम्म दिएको अध्यावधिक विवरण अनुसार बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुख सडक खण्ड प्रभावित बनेका छन्।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ-७ स्थित कृष्णभिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गको परेवा भिरमा साना गाडी एक लेनमा र कमेरेभिरमा एकतर्फी मात्रै सञ्चालन भइरहेका छन्। यता काठमाडौँ-धादिङ जोड्ने चन्द्रागिरि-२ चिसापानीमा पनि पहिरोका कारण एकतर्फी मात्रै गाडी चलिरहेका छन्।

काभ्रेस्थित बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबँसी खण्डमा साँझ ७ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ भने १० टनसम्मका मालवाहक सवारीलाई दिउँसोको समयमा सञ्चालन गर्न दिइएको छ। रसुवाका सबै मुख्य राजमार्ग तथा उत्तरगयाको त्रिशुली मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प छन्। नुवाकोटको पासाङ ल्हामु सडक खण्ड (सिमटार) अवरुद्ध छ भने टोखा-छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै, कर्णाली प्रदेशको मुगु-गमगढी सडक खण्ड (छायाँनाथ रारा-४ ताल्चा) पहिरोका कारण बन्द छ। लुम्बिनी प्रदेशको रोल्पास्थित सहिदमार्ग तथा घोराही-थवाङ मार्ग र अर्घाखाँचीको सालझण्डी-ढोरपाटन सडक खण्ड पनि पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध बनेका छन्। प्रहरीले राजमार्गमा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ७ : २१ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि