मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपद्को सारथी « Khabarhub

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपद्को सारथी


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाहरूले नेकपा एमालेका नेता महेश बस्नेतप्रति खुलेर समर्थन जनाएका छन् । बिहीबार मत माग्न उक्त बस्तीमा पुगेका बस्नेतलाई उनीहरूले विपद्‌का बेला आफूहरूलाई साथ दिएको भन्दै बस्नेतलाई यस पटक जिताएर पठाउने बताएका हुन् ।

गोमा तिवारीले सुकुम्वासीको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरिन् । उनका अनुसार बस्तीमा समस्या पर्दा अरू नेताहरू नआउने तर डोजर लिएर आउने र सहयोग गर्ने बस्नेत नै हुने गरेका छन् । ‘जतिबेला डोजर आउँछ, त्यतिबेला महेश बस्नेत खडा हुन्छन्,’ उनले भनिन्, ‘भूकम्प होस् वा बाढी, राहत लिएर सबैभन्दा पहिले आउने उहाँ नै हो ।’

त्यसतै, शान्ति लामाले बस्तीमा वर्षेनी आउने बाढीको समस्याबाट मुक्ति दिलाउन बस्नेतले भूमिका खेलेको बताइन् । २०७९ सालको ठूलो बाढीपछि मनोहरा खोलामा पर्खाल निर्माणका लागि बजेट ल्याएर काम अघि बढाइएकाले अहिले ठूलो जोखिम कम भएको उनको भनाइ छ । ‘विपद् पर्दा हामीले गुहार्ने उहाँलाई नै हो,’ उनले भनिन्, ‘त्यसैले उहाँलाई जिताउन चाहन्छौँ ।’

स्थानीय माहिली तामाङले पनि बस्ती डुबानमा पर्दा डोजर पठाएर पानी निकास गराउनेदेखि विभिन्न सहयोगमा बस्नेत सक्रिय रहेको उल्लेख गरिन् । उनले वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षाका कार्यक्रम एमाले सरकारले सुरु गरेको भन्दै यस पटक सूर्य चिह्नमा भोट हाल्ने बताइन् ।

हालै पार्टी प्रवेश गरेका युवा नुवा तामाङले बस्तीका समस्या सुन्ने र साथ दिने नेता बस्नेत मात्रै भएको दाबी गरे । ‘मेरो पहिलो भोट महेश बस्नेतका लागि हो,’ उनले भने, ‘हामी सुकुम्वासीका लागि उहाँले धेरै गर्नुभएको छ ।’ बस्तीका अधिकांश बासिन्दाले यस पटकको निर्वाचनमा बस्नेतलाई समर्थन गर्ने बताएका छन् ।

बस्नेतको स्वागतमा मनोहराको सुकुम्वासी बस्ती, न्याउली बाजादेखि दमाहा बजिरहेको थियो । सुकुम्वासी बस्तीमा ठूलै विवाह वा अन्य उत्सव चलिरहेको झल्को दिने गरी हात हातमा अबिर, फूल माला र खादा लिएर स्थानीयको सहभागिता उत्तिकै देखिन्थ्यो । 

बस्तीको आँगनमा बनाइएको ठूलो सूर्य, त्यही वरिपरि बसेर १४ जनाले एमाले प्रवेशको घोषणा गरे । जीवनभर एमालेमा रहने र फागुन २१ को निर्वाचनमा महेश बस्नेतलाई विजयी बनाउन १४ जनाले पार्टी प्रवेश गरेका थिए । 

पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले टीका र फूल लगाइदिएपछि नेता महेश बस्नेतले खादा ओढाएर पार्टी प्रवेश गराए । 

त्यसपछि बस्तीमा अगाडि अगाडि बाजा, पछि पछि नेता बस्नेतको र्‍याली । भव्य रुपमा सुकुम्वासी बस्तीमा पुरै अवलोकन गरी भोट माग्नु भएको थियो । त्यस क्रममा स्थानीयका माझ महेश बस्नेतले भने, ‘सुकुम्वासी बस्तीका समस्या मेरो पनि समस्या हो, यहाँको समस्या समाधानका लागि म प्रत्यक्ष जोडिएको छु, त्यसैले विगतमा गरेका काम अपुग भएमा भन्न आग्रह गर्दछु ।’

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ११ : १५ बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको