रोल्पालीको शिर उचो बनाउने काम गरेको छु : वर्षमान « Khabarhub

रोल्पालीको शिर उचो बनाउने काम गरेको छु : वर्षमान


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफूले विगतमा जनप्रतिनिधि भएर रोल्पालीको शिर उचो पार्ने काम गरेको र आगामी दिनमा समेत जिल्लाबासीले शिर झुकाउनुपर्ने काम नहुने प्रतिबद्धता जनाएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिसभा निर्वाचनका लागि सामाजिक सञ्जाल मार्फत भिडियो अपिल जारी गरेर मत माग्दै उनले रोल्पाली जनताको शिर झुक्ने तथा मतको दुरुपयोग गर्ने कुनै काम नगरेको र अब पनि आफूबाट त्यस्ता काम नहुने बताएका हुन् ।

पुनले जनप्रतिनिका रुपमा आफूले जिल्लाको पूर्वाधार विकासमा गरेको कामबारे विस्तारमा चर्चा गरेका छन् । उनले जिल्लाका ७२ वटै वडामा सडक सञ्जाल विस्तार, मदन भण्डारी लोकमार्ग र शहीद मार्ग निर्माणमा आफूले खेलेको भूमिकाबारे सबै जानकार रहेको बताए ।

यस्तै जिल्लाभरका विद्यालयमा आधुनिक भवन निर्माण तथा शैक्षिक गुणस्तर वृद्धि, सबै पालिकामा १० देखि १५ शय्यासम्मका अस्पताल, पालिकाका प्रशासनिक भवन निर्माण तथा सिंचाइ, खानेपानी र विद्युतीकरणमा धेरै काम भएको उल्लेख गरे ।

उनले जनयुद्ध र जनआन्दोलनमा अतुलनीय योगदान गर्ने जिल्लाको जनप्रतिनिधिका रुपमा आगामी दिनमा पनि आफूले जिल्लाको इज्जत बढाउने काम गर्ने प्रतिबद्धता जनाए । ‘रोल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्नेछु । राष्ट्र निर्माणमा, राष्ट्रिय स्वाधीनतामा, देशको समृद्धिमा युवाहरुलाई रोजगार/स्वरोजगार बनाउने अभियानमा लाग्नेछु ।’

उनले आफूहरु निरन्तरको त्याग, बलिदान, निरन्तरता र संकल्पसहित भएको शक्ति भएको दाबी गर्दै हावाहुरी, बिना विचार, बिना सिद्धान्त बिना इतिहास, र बिना पृष्ठभूमिका शक्ति या व्यक्तिको पछि कोही पनि लाग्न नहुने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ११ : ०५ बजे

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल

त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३‘ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको