अमेरिकामा ‘हामी नेपाली इन्टरनेशनल’ स्थापना « Khabarhub

अमेरिकामा ‘हामी नेपाली इन्टरनेशनल’ स्थापना


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क (अमेरिका) – विश्वभर आप्रवासीका रूपमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले ‘हामी नेपाली इन्टरनेशनल’ नामक छाता संस्था स्थापना गरिएको छ।

गैरनाफामूलक संस्थाका रूपमा न्यूयोर्क सिटीमा दर्ता भई ‘नेपाल र नेपालीका लागि हामी नेपाली’ भन्ने नारासहित संस्था सञ्चालनमा आएको हो।

संस्थाका अध्यक्षमा नवराज केसी चयन भएका छन्। प्रेसिडेन्ट इलेक्टमा मोहन वाइवा, महासचिवमा सूर्य सिम्खडा, उपाध्यक्षहरूमा इन्दिरा त्रिपाठी, बसन्ती राई, जनक भण्डारी र बृहस्पति लामा छन्। कोषाध्यक्षमा डा. राम खड्का चयन भएका छन्।

बोर्ड सदस्यहरूमा अर्विन पौडेल, रुद्र कार्की (क्यानडा), अंकुर लुइँटेल, अशोक ज्ञवाली, गेग्ये योङयाल रिम्पोछे, मेरिना पराजुली, श्याम कार्की, पासाङ लामा, पूर्णबहादुर भुजेल मगर, विजय पुन (दुबई) र ध्रुवकुमार खत्री रहेका छन्।

कानुनी सल्लाहकारमा गिरिजा गौतम, इन्टरनेशनल वुमन कोअर्डिनेटरमा सुस्मा कार्की, इन्टरनेशनल मिडिया को-अर्डिनेटरमा मनोज बस्नेत, इन्टरनेशनल युथ को-अर्डिनेटरमा जोन लामा तथा इन्टरनेशनल मिडिया रिपोर्टरमा बेगम पण्डित चयन भएका छन्।

त्यसैगरी सल्लाहकार परिषद्मा डा. राजन थपलिया, डा. श्याम कार्की, लक्ष्मी भट्ट, स्कट डेलिसी (नेपालका लागि पूर्व अमेरिकी राजदूत), डा. तुलसा थापा र केदारप्रसाद घिमिरे छन्।

संस्थाका अध्यक्ष केसीले विश्वभर रहेका आप्रवासी नेपालीलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले संस्था स्थापना गरिएको बताए। उनका अनुसार अमेरिका बाहेक अन्य देशहरूमा पनि छिट्टै शाखा विस्तार गर्ने योजना रहेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  २ : ३४ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी