झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू) « Khabarhub

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)



गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको गोरखाकाली टायर उद्योगको अहिले कन्तबिजजोग छ ।

गोरखा नगरपालिका-१३ मझुवास्थित गोरखकाली रबर उद्योग लिमिटेडको अहिले जीर्ण बन्दै गएको छ ।

नेपालको एकमात्र रबर उद्योगको रुपमा स्थापित यस उद्योगले वि.सं २०५० को दशकदेखि व्यवसायिक रुपमा उत्पादन थालेको थियो । तर हाल पूर्ण रुपमा बन्द छ।

चीन सरकारको आर्थिक सहयोगमा स्थापित गोरखकाली रबर उद्योग देशकै एउटा चर्चित उद्योग थियो । यस उद्योगले राष्ट्रिय उत्पादन र पुँजी वृद्धिमा ठूलो टेवा दिएको थियो ।

सरकारी र निजी साझेदारीमा सञ्चालित गोरखकाली रबर उद्योगले प्रतिवर्ष हेभी र लाइट गरेर विभिन्न प्रकारका एक लाख २० हजार टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

उद्योग सञ्चालनको क्रममा विभिन्न प्रकारका ८८ हजार टायर प्रतिवर्ष उत्पादन गरिरहेको थियो । ट्रकका लागि १२ प्रकारका, जीप र भ्यानका लागि ५ प्रकारका र साना कारका लागि ६ प्रकारका टायर यस उद्योगले उत्पादन गर्ने गर्दथ्यो ।

करिब ६७० रोपनी क्षेत्रफलमा रहेको यस उद्योगमा सरकार, सर्वसाधारण, एसियाली विकास बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट, नेपाल साल्ट ट्रेडिङलगायत संघसंस्थाको साझेदारी रहेको देखिन्छ ।

उद्योग सञ्चालनको सुरुकै चरणमा करिब ४०० जनाले विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका थिए । कुल टायर र ट्युबको आन्तरिक मागको करिब ४० प्रतिशत हिस्सा पूर्ति गर्न सफल भइसकेको उद्योगले विदेशी टायरसँग प्रतिस्पर्धा गरिराखेको थियो ।

नेपालमा उत्पादित टायर भारत, बङ्गलादेश, श्रीलङ्कालगायतका दक्षिण एसियाली मुलुकमा निर्यात हुन्थ्यो ।

नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, वीरगञ्ज, जनकपुरलगायतका ठूला ३० वटा शहरमा आफ्नो डिपो राखेर राम्रो बजार व्यवस्थापनसहित सफलता हासिल गरिरहेको उद्योग अहिले शासकलाई गिज्याउने माध्यम बनेको छ।

१० वर्षदेखि यो उद्योग पूर्ण रुपमा बन्द छ । करिब १० अर्ब बराबरको राज्यको सम्पत्ति र सयौँ रोपनी क्षेत्रफल भएको रबर उद्योगको वरिपरि झाडी र घारीले घेरिएको छ । उद्योगका मेसिनमा खिया लागेको छ ।

नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ३ : २२ बजे

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौं – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम

न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत

नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका

ऊर्जा खर्च कम गर्न ट्रम्पले गरे सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

वासिङ्टन । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको