करिअरकै हिट फिल्म ‘जेरी अन टप’ लिएर भारतमा जाँदै अनमोल « Khabarhub

करिअरकै हिट फिल्म ‘जेरी अन टप’ लिएर भारतमा जाँदै अनमोल


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसीको करिअरकै हिट फिल्म ‘जेरी अन टप’ भारतमा रिलिज हुने भएको छ ।

निर्माता सरोज न्यौपानेका अनुुसार आगामी शुक्रबारदेखि फिल्म भारतका हलहरुमा रिलिज हुन लागेको हो ।

नेपाली भाषीहरूको बसोबास रहेको क्षेत्र लक्षित गरि फिल्म रिलिज गर्न लागेको उनले बताए ।

उनका अनुसार दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकातासहितका सहरमा यो फिल्म हेर्न पाइनेछ ।

बिहीबार अर्थात् फेब्रअरी २६ का दिन गान्तोकमा यो फिल्मको प्रिमियर राखिएको छ । प्रिमियरमा भुवन केसी, अनमोल केसी र जसिता गुरुङ पनि उपस्थित हुनेछन् ।

असली प्रोडक्सनले फिल्मको भारत रिलिजको जिम्मेवारी पाएको हो ।

सुयोग गुरुङको निर्देशनमा बनेको ‘जेरी अन टप’ घरेलु बक्स अफिसमा १२ करोड ग्रस कलेक्सन गरेको थियो । अनमोलको सबैभन्दा बढी व्यापार गर्ने फिल्म यही हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : ३० बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)