टी–२० विश्वकप : न्यूजिल्याण्डले श्रीलंकालाई दियो १६९ रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप : न्यूजिल्याण्डले श्रीलंकालाई दियो १६९ रनको लक्ष्य


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई १६९ रनको लक्ष्य दिएको छ ।

आर प्रेमादासा रंगशालामा टस हारेर पहिलो ब्याटिङ गरेको न्यूजिलयाण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनायो ।

न्यूजिल्याण्डका लागि कप्तान मिचेल सेन्टनरले सर्वाधिक ४७ रन बनाए । २६ बलको सामना गरेका उनले २ चौका र ४ छक्का प्रहार गरे । यस्तै रचिन रविन्द्रले ३२, कोल म्याकोन्चीले ३१, फिन एलनले २३ रन बनाए ।

श्रीलंकाका महेश थेक्षाना र दुष्मन्थ चमेराले तीन तीन विकेट लिए ।

सुपर-८ को समिकरणमा श्रीलंका अंकबिहीन छ भने न्युजिल्यान्डले एक अंक जोडेको छ। आफ्नै मैदानमा सुपर-८ को पहिलो खेलमा इंग्ल्यान्डसँग ५१ रनले पराजित भएको श्रीलंका पहिलो जितको खोजीमा छ। पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डसमेत पहिलो जितको खोजीमा छ।

दुवै देश जितको खोजीमा रहेको यो समूहबाट सेमिफाइनल पुग्न श्रीलंकाले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ। आजको खेल मात्र गुमाए श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिने छ। न्युजिल्यान्डसमेत श्रीलंकालाई हराउँदै सेमिफाइनल यात्रा जीवित राख्न चाहन्छ। आयोजकसमेत रहेकाले आजको खेलमा श्रीलंका दबाबमा हुनेछ।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर-८ मा पुगेका हुन्।

सुपर-८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ९ : ३६ बजे

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्

राजेश हमालले पोखरामा उद्घाटन गरे ‘१८ डी’ सिनेमा हल

काठमाडौं – पोखरामा १८ डी सिनेमा हलमा सञ्चालनमा आएको छ

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’