इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु « Khabarhub

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः दाबी गरेका छन् । यसअघि तेहरानले वार्ताको दाबीलाई ‘भ्रामक समाचार’भन्दै खण्डन गरेको थियो ।

इरानमाथि अमेरिका र इजरायलका तर्फबाट आक्रमण जारी छ । दक्षिण तेहरानमा भएको पछिल्लो आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

लेबनानबाट प्रहार गरिएको क्षेप्यास्त्रका कारण इजरायलमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको इजरायली सञ्चारमाध्यम च्यानल १२ ले जनाएको छ ।

वाइनेट न्यूजका अनुसार, उक्त प्रहारबाट निर्माणाधीन एक घरमा क्षति पुगेको छ । यद्यपि, सो घटनामा कोही पनि हताहत नभएको समाचारमा उल्लेख छ ।

यसअघि इरान र हिजबुल्लाहले गरेको मिसाइल आक्रमणमा उत्तरी इजरायलमा एक जनाको मृत्यु भएको थियो । उक्त आक्रमणमा तेल अभिभ नजिकैका शहरहरू बनी ब्राक र गिभात श्मुएलमा कम्तीमा १२ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ६ : १७ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२