ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार « Khabarhub

ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने आक्रमण पाँच दिनका लागि स्थगन गर्ने घोषणा गर्नुभन्दा १५ मिनेटअघि मात्रै व्यापारीले कच्चा तेलको मूल्यमा झन्डै आधा अर्ब अमेरिकी डलर (५० करोड डलर) को दाउ (बेट) लगाएको पाइएको छ । एक्सचेन्ज डेटा र रोयटर्सको गणनाअनुसार उक्त घोषणापछि बजारमा तीव्र गिरावट आएको थियो ।

इरानलाई सोमबारसम्म रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मोज’ खुला गर्न वा आफ्ना विद्युत् गृहहरू ‘ध्वस्त’ हुने चेतावनी दिइएको थियो । तर, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत आक्रमण टरेको जानकारी दिएपछि तेल र प्राकृतिक ग्यासको बिक्रीमा एकाएक चाप बढ्यो र मूल्य ओरालो लाग्यो ।

वासिङ्टन र तेहरानबीच रचनात्मक वार्ता भइरहेको ट्रम्पको संकेतसँगै केही मिनेटभित्रै ब्रेन्ट क्रुडको मूल्य १५ प्रतिशतसम्मले घट्यो । खाडी क्षेत्रमा रोकिएका लाखौँ ब्यारेल तेल बजारमा आउन सक्ने सम्भावना देखेपछि लगानीकर्ताहरूले मूल्य घट्ने अनुमान गरेका थिए ।

तथ्यांकअनुसार व्यापारीहरूले ब्रेन्ट र डब्लूटीआई क्रुड फ्युचर्सका ५ हजार १०० लटमा सम्झौता गरेका थिए, जसको मूल्य ५० करोड डलरभन्दा बढी हुन्छ ।

तथ्यांकले एक मिनेटको अवधिमा खरिदभन्दा बिक्री पक्ष हाबी भएको देखाएको छ । यद्यपि, यति ठूलो परिमाणमा तेलको कारोबार कसले गर्‍यो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । रोयटर्स

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ६ : ३० बजे

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको