कांग्रेस बैठक: सभापति थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै « Khabarhub

कांग्रेस बैठक: सभापति थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यले विभिन्न एजेन्डामाथि आफ्नो धारणा राख्ने क्रम जारी छ । हिजोको बैठकमा सभापित गगनकुमार थापाले आगामी २०८३ भदौ २४ देखि २६ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । आजको बैठक मुख्य गरी सोही कार्यतालिका र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ ।

बैठकमा सुशासन स्थापना, संविधान संशोधनका लागि विज्ञसहितको अध्ययन समिति गठन र केन्द्रीय निर्वाचन समिति निर्माणका विषयमा छलफल भइरहेको छ ।

त्यस्तै, प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण एवं अद्यावधिक गर्ने विशेष अभियान, प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन समीक्षा जस्ता विषय पनि कार्यसूचीमा छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ७ : ११ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली