अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई « Khabarhub

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् ।

विशेष दूत गोरले मङ्गलबार टेलिफोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको उल्लेख गरेका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचनमा २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको थियो ।
 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १२ : ०३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली