ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ « Khabarhub

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको दाबी गरेका छन्।

मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले इरानी वार्ताकारहरूले अमेरिका समक्ष तेल र ग्याससँग सम्बन्धित अत्यन्त महत्त्वपूर्ण प्रस्ताव प्रस्तुत गरेको बताएका हुन्। उनका अनुसार उक्त प्रस्ताव होर्मुज जलडमरूसँग सम्बन्धित छ, तर यसबारे थप विवरण भने उनले सार्वजनिक गरेका छैनन्।

ट्रम्पले उक्त प्रस्तावले आफ्नो प्रशासन सही पक्षसँग वार्ता गरिरहेको पुष्टि गरेको बताएका छन्। साथै, उनले इरानी पक्ष अमेरिकासँग सम्झौता गर्न हतारिएको समेत दाबी गरेका छन्।

यद्यपि, इरानतर्फबाट यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  २ : १८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली