आफ्नो बचाउ गर्दै रविको बयान : कारागारले दिएको पत्र बनाउन मेरो सहभागिता थिएन « Khabarhub

आफ्नो बचाउ गर्दै रविको बयान : कारागारले दिएको पत्र बनाउन मेरो सहभागिता थिएन


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट निस्कने क्रममा आफूलाई दिइएको पत्र तयार पार्ने क्रममा आफ्नो सहभागिता नभएको बयान दिएको खुलेको छ । 

उनले जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगसमक्ष दिएको बयानमा कारागारबाट प्राप्त पत्रमा हस्ताक्षर गर्ने र लेखन गर्ने प्रक्रियामा आफ्नो सहभागिता नभएको बताएका हुन् ।

‘कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भिडले मलाई कारागार बाहिर लगे’, उनले भनेका छन्, ‘पछि मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन पक्रियामा मेरो कुनै सहभागिता थिएन, त्यसैले सो पत्रको सम्बन्धमा जेल प्रशासन स्वयं जबाफदेही हुनुपर्छ भन्ने मेरो धारणा हो ।’

तर, लामिछाने जेलबाट बाहिरिएको केही दिनमा नै नख्खु कारागारले सूचना निकालेर सभापति लामिछानेलाई आत्मसमर्पण गर्न भनेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ३ : ३७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले