इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो « Khabarhub

इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले बुधबार मध्यपूर्व क्षेत्रमा पुनः मिसाइल आक्रमण सुरु गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग वार्ताको संकेत दिएपछि उक्त आक्रमण सुरु भएको जनाइएको छ । यसले केही समयका लागि विश्व बजारलाई स्थिर बनाएको थियो।

लगभग चार सातादेखि जारी द्वन्द्वबीच तनाव कम हुने आशामा अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव देखिएको छ। कच्चा तेलको मूल्य घटेको छ भने एशियाली सेयर बजारमा वृद्धि भएको छ। ट्रम्प प्रशासनले इजरायलसँगको संयुक्त सैन्य कारबाही अन्त्य गर्ने प्रयास तीव्र बनाएको संकेत दिएका छन्।

ट्रम्पले वासिङ्टन अहिले तेहरानसँग वार्तामा रहेको बताएका छन्। ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानले आफूहरूलाई धेरै मूल्यवान् उपहार दिएको दाबी गरे। 

यद्यपि, इरानी अधिकारीहरूले हालसम्म कुनै औपचारिक वार्ता भएको पुष्टि गरेका छैनन्।

यसैबीच, न्यूयोर्क टाइम्सले एक अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे प्रस्ताव पठाएको जनाएको छ, जसको उद्देश्य युद्ध अन्त्य गर्नु रहेको बताइएको छ। पाकिस्तानले मध्यस्थकर्ताको भूमिका प्रस्ताव गरेको उल्लेख गरिएको छ।

उक्त योजनाबारे इजरायललाई जानकारी थियो वा थिएन भन्ने स्पष्ट छैन। इजरायलले भने इरान र लेबनानस्थित हिजबुल्लाहमाथि आक्रमण जारी राखेको छ।

यद्यपि, सम्झौताको प्रयास जारी रहे पनि अमेरिका मध्यपूर्वमा थप ३,००० सैनिक पठाउने तयारीमा रहेको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ३ : ४४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले