कार्की आयोगलाई ओलीको बयान : तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन « Khabarhub

कार्की आयोगलाई ओलीको बयान : तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा भएको घटनाको सन्दर्भमा प्रधानमन्त्री जवाफदेही नहुने बयान दिएका छन् । 

ओलीले जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगसमक्ष प्रधानमन्त्रीले प्रहरीलाई आदेश नदिने र त्यसको लागि गृहमन्त्रालय रहेको बयान दिएका छन् ।

‘प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन, यसको लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रूपमा नै रहन्छ । तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन’, आयोगको प्रतिवेदनमा उल्लेख छ । 

ओलीले आन्दोलनको दौरान भएका तत्काल र तुरुन्त हुने घटनाको सन्दर्भमा प्रधानमन्त्रीलाई सोझै जानकारी गराउने विषय समेत नभएको जिकिर गरेका छन् । 

साथै, उनले भदौ २३ गते नै संसद् भवन जलाउने प्रयास भएको सो दिन आन्दोलनमा युवाहरूलाई अगाडि लगाएर आफ्नो उद्देश्य पूरा गर्ने समूहले सुनियोजित रूपमा उत्तेजना सिर्जित गरी ज्यान नै  हताहती हुने सम्मको स्थिति सिर्जना गराएको दाबी सहितको बयान आयोगलाई दिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ४ : ०८ बजे

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित