नेप्से परिसूचक २४ अङ्कले ओरालो « Khabarhub

नेप्से परिसूचक २४ अङ्कले ओरालो


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ४५ अङ्कले घटेर दुई हजार ९३५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।

आज ३४५ कम्पनीको तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर एक लाख ३८ हजार २५६ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब नौ करोड चार लाख १६ हजार ८४६ बराबरको कारोबार भएको छ । 

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४८ र व्यापार समूह तीन दशमलव ४५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ एक दशमलव ४०, विकास बैंक दुई दशमलव ३२, वित्त दुई दशमलव ०९, होटल तथा पर्यटन शून्य दशमलव ०५, जलविद्युत् शून्य दशमलव १६,लगानी शून्य दशमलव ५३ र जीवन बिमा समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ । 

त्यस्तै, लघुवित्त एक दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा एक दशमलव १५ र अन्य समूह एक दशमलव ७० प्रतिशतले घटेको छ ।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ५२ करोड ४७ लाख ४७ हजार ५९३ बराबरको शेयर खरिदबिक्री भएको छ । 

त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १६ लाख ७६ हजार ६२६ कित्ता शेयर किनबेच भएको छ । 
 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ४ : १० बजे

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन– पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा

आँसुसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा

फुटबलमा केही खेलाडीले उपाधि जितेर इतिहास लेख्छन्, केहीले आफ्नो प्रदर्शनले

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६