आन्दोलनकारीको आगजनीबाट घाइते भएकी गीताको बयान : प्रहरीलाई बचाउन खोज्दा आफै जलेँ « Khabarhub

आन्दोलनकारीको आगजनीबाट घाइते भएकी गीताको बयान : प्रहरीलाई बचाउन खोज्दा आफै जलेँ


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीको आगजनीबाट घाइते भएकी गीता कुमारी शाहले प्रहरीलाई बचाउन खोज्दा आफूलाई आगो लगाएर घाइते बनाएको बयान दिएकी छन् । 

आन्दोलन सम्बन्धी अध्ययन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको छानबिन समितिलाई दिएको बयानमा शाहले भनेकी छन् म कोटेश्वर चोकस्थित घडी पसलबाट फर्कँदै थिएँ । 

सोही क्रममा प्रहरी हवलदार चिज कुमार कुमाललाई आन्दोलनकारीहरूले चारैतर्फबाट घेरा हाली धारिलो हतियार, इँटा–ढुंगा, लाठी तथा लात–मुक्काले प्रहार गरी मार्ने प्रयास गरिरहेको देखेँ । निजलाई बचाउनका लागि म उनको नजिक गई सहयोग गर्ने प्रयास गर्दा मलाई समेत कुटपिट गरियो । 

आफूले नहान नपिट भन्दै रोक्ने प्रयास गर्दा प्रहरी हवलदार चिज कुमार कुमाल मलाई बचाउनुहोस् भन्दै आफ्नो नजिक आएर लुक्न खोज्दा आन्दोलनकारीहरूले यसलाई जसरी भए पनि मार्नुपर्छ पेट्रोलजस्तो ज्वलनशील तरल पदार्थ हामी दुवैमाथि छ्यापेर आगो लगाएको बयान दिएकी छन् । 

आगोले मेरो शरीरका कपडाहरू जलेपछि म आत्तिँदै हारगुहार गर्दै कपडा खोलेँ । त्यसपछि मलाई कान्तिपुर अस्पताल लगिएको थाहा भयो। त्यसपछि म बेहोस भएँ । पछि मलाई काठमाडौं मेडिकल कलेजमा लगेर उपचार गरिएको हो ।

बयानमा उल्लेख भए अनुसार उक्त घटनामा शाहको शरीरको करिब ४० प्रतिशत भाग जलेको छ । विशेष गरी दाहिने हातदेखि काँधमुनि हुँदै खुट्टाको पैतालासम्म गम्भीर रूपमा जलेकोले हालसम्म पनि उपचाररत रहेकी छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ४ : ४८ बजे

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर