दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते « Khabarhub

दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा बुधबार छ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टायर सहरको अल–कलामलाई लक्षित गरी गरेको हवाई आक्रमणको कारण  २४ जना घाइते भएको मन्त्रालयले जनाएको छ । देशको दक्षिणमा रहेको आवासीय अपार्टमेन्टमा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको हुनुका साथै अन्य चार जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

एड्लुनको सिडोन जिल्लामा भएको इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको जनाइएको छ । टायर जिल्लाको अल–क्लैलाहा सहरलाई लक्षित गरी गरिएको अर्को आक्रमणमा पाँच जना घाइते भएको उल्लेख छ ।

मानवीय र सुरक्षा अवस्था बिग्रँदै गएको चेतावनीसहित दक्षिणी क्षेत्रमा जारी तनावको बिचमा यी हवाई आक्रमणहरू भएका हुन् । 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ४ : २३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली