बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गर्‍यो, जेन-जी आन्दोलनलाई मेरो समर्थन थिएन « Khabarhub

बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गर्‍यो, जेन-जी आन्दोलनलाई मेरो समर्थन थिएन


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा तत्कालीन काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफ्नो तत्कालीन जेन-जी आन्दोलनमा समर्थन नरहेको जनाएका छन् । 

जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको गौरी बहादुर कार्कीको आयोगलाई बालेनले जेन-जीको र्‍यालीमा समर्थन रहेको तर आन्दोलनमा नरहेको बयान दिएका हुन् ।

‘२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ । २३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन’, बालेनले आयोगलाई दिएको लिखित बयानमा उल्लेख छ ।

साथै, उनले राष्ट्रपति र सेनापतिको आग्रहमा आफूले आन्दोलनलाई शान्त पार्न भूमिका खोलेको भन्दै तत्कालीन सरकार र सरकारमा सहभागी दलले सम्पूर्ण क्षतिको जिम्मेवारी लिनुपर्ने बयान आयोगसमक्ष दिएका छन् ।

‘तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ’, बालेले आयोगसमक्ष भनेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ४ : ३० बजे

१४ जना यात्रु सवार जेट बोट सप्तकोशीमा दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा