इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु « Khabarhub

इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमी इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ ।  

गत फेब्रुअरी – २८ मा इरानविरुद्ध अमेरिका र इजरायली आक्रमणले भड्काएको युद्ध हाल इराकको आधिकांश भागमा फैलिएको छ । 

इरान समर्थक सशस्त्र समूहहरूले अमेरिकी संरचनामा भएका आक्रमणहरूको जिम्मेवारी लिइसकेका छन् ।

 रक्षा मन्त्रालयले अनबर प्रान्तको आधारमा भएको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु भएको हुनुका साथै अन्य १३ जना घाइते भएको बताएको छ ।

आक्रमणले आधारको सैन्य स्वास्थ्य क्लिनिकलाई पनि लक्षित गरेको मन्त्रालयले पुष्टि गरेको छ ।

सुरक्षा अधिकारीलाई उदृत गर्दै एएफपीले मृत्यु हुनेहरू मध्ये एक सैन्य डाक्टर पनि रहेको जनाएको छ । यस अघि इराकको आधार शिविरमा मङ्गलबार भएको आक्रमणमा एक कमान्डरसहित १५ जना पिएमएफ लडाकु मारिएका थिए ।

पेन्टागनले वर्तमान द्वन्द्वको समयमा इराकमा इरान समर्थक सशस्त्र समूहहरू विरुद्ध लडाकु हेलिकप्टरहरूले आक्रमण गरेको स्वीकार गरेको छ ।

बगदादले विदेशी सैनिक र कूटनीतिक मिसनहरूलाई लक्षित आक्रमणका साथै पिएमएफका स्थानहरू विरुद्ध आक्रमणको निन्दा गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ५ : ०१ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले