प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस « Khabarhub

प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय आयोगले आन्दोलनको क्रममा प्रहरी बचाउन सहयोग गर्ने दुई जनालाई पुरस्कृत गर्न सिफारिस गरेको छ ।

आयोगले कोटेश्वरमा होटल स्वर्णिम एन्ड गेष्ट हाउसका सञ्चालक शिवराम बाँडा र कोटेश्वरमा नै घडी पसलको सञ्चालक गीताकुमारी साहलाई पुरस्कृत गर्न सिफारिस गरेको हो ।

आयोगको प्रतिवेदनअनुसार होटेल सञ्चालक बाँडाले प्रदर्शनकारीले प्रहरी प्रभाग कोटेश्वरमा तोडफोड र आगजनी गरी प्रहरी कर्मचारीलाई कुटपिट गर्दै धारिलो हतियारले हानेर घाइते बनाएर हत्या गर्न खोज्दा होटेलको कौशीबाट आफ्नो होटेलमा प्रवेश गराएर कोठामा लुकाएर बचाएका थिए ।

त्यस्तै, घडी पसल सञ्चालक साहले कोटेश्वर प्रहरी पभावमा कार्यरत प्रहरी हवल्दार चिजकुमार कुमाललाई चारैतिरबाट घेरा हालेर धारिलो हतियार प्रहार गर्दै मार्न खोज्दा पेट्रोल जस्तै पदार्थ प्रहार गरी आगो लगाउँदा साह जलेर घाइते भएर पनि प्रहरी हवल्दारको ज्यान बचाएको भन्दै आयोगले पुरस्कारको लागि सिफारिस गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ५ : २६ बजे

१४ जना यात्रु सवार जेट बोट सप्तकोशीमा दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा