प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस « Khabarhub

प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय आयोगले आन्दोलनको क्रममा प्रहरी बचाउन सहयोग गर्ने दुई जनालाई पुरस्कृत गर्न सिफारिस गरेको छ ।

आयोगले कोटेश्वरमा होटल स्वर्णिम एन्ड गेष्ट हाउसका सञ्चालक शिवराम बाँडा र कोटेश्वरमा नै घडी पसलको सञ्चालक गीताकुमारी साहलाई पुरस्कृत गर्न सिफारिस गरेको हो ।

आयोगको प्रतिवेदनअनुसार होटेल सञ्चालक बाँडाले प्रदर्शनकारीले प्रहरी प्रभाग कोटेश्वरमा तोडफोड र आगजनी गरी प्रहरी कर्मचारीलाई कुटपिट गर्दै धारिलो हतियारले हानेर घाइते बनाएर हत्या गर्न खोज्दा होटेलको कौशीबाट आफ्नो होटेलमा प्रवेश गराएर कोठामा लुकाएर बचाएका थिए ।

त्यस्तै, घडी पसल सञ्चालक साहले कोटेश्वर प्रहरी पभावमा कार्यरत प्रहरी हवल्दार चिजकुमार कुमाललाई चारैतिरबाट घेरा हालेर धारिलो हतियार प्रहार गर्दै मार्न खोज्दा पेट्रोल जस्तै पदार्थ प्रहार गरी आगो लगाउँदा साह जलेर घाइते भएर पनि प्रहरी हवल्दारको ज्यान बचाएको भन्दै आयोगले पुरस्कारको लागि सिफारिस गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ५ : २६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले