पूर्वप्रधानमन्त्री खनाल पत्नीको प्रश्न- के छ भन्ने थाह नभई कसरी यहीँ कम्प्यटुर फुटाएर हार्डडिस्क लान्छ ? « Khabarhub

पूर्वप्रधानमन्त्री खनाल पत्नीको प्रश्न- के छ भन्ने थाह नभई कसरी यहीँ कम्प्यटुर फुटाएर हार्डडिस्क लान्छ ?


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित कार्की जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । ८८९ पृष्ठ लामो प्रतिवेदन जनआस्था साप्ताहिकले बुधबार बिहान सबैभन्दा पहिले सार्वजनिक गरेको थियो । 

आन्दोलनका क्रममा प्रभावित बनेका तथा विवादमा तानिएका विभिन्न व्यक्ति र सरकारी अधिकारीको बयान सामेल गरिएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती राजलक्ष्मी चित्रकारले नियोजित रुपमा आक्रमण गरेको समूहले गोप्य फाइल रहेको आंशकामा कम्युटर फुटाएर हार्डडिस्क चोरी गरेको बताएकी छन् । 

‘सिंहदरबार जस्तो ठाउँमा महत्त्वपूर्ण कागजात, सन्धि कहाँ छ भन्ने थाह भएको मान्छे संलग्न नभई यो कम्प्युटरमा के छ भन्ने थाह नभई कसरी यहीँ कम्प्यटुर फुटाएर हार्डडिस्क लान्छ ? आगजनी गर्छ ?,’ प्रश्नसहित उनको बयान प्रतिवेदनमा उल्लेख छ । 

आन्दोलनको क्रममा घाइते भएकी उनले तत्कालीन काठमाडौं महानगरपालिका प्रमुख रहेका बालेन्द्र शाह लक्षित प्रश्न गर्दै भनेकी छिन,‘ आपराधिक नायक निर्भीक रुपमा हिँडिरहँदा सरकारले किन पक्राउ गर्न सकेको छैन ? उसको घर र नगरपालिका मात्रै किन बच्यो ? अरु सबै जल्ने तर उसको किन नजलेको, उ प्रधानमन्त्री भए पनि सबै जलाउँछ,’ प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ५ : १७ बजे

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर