घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन « Khabarhub

घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  तत्कालीन सांसद डा. तोसीमा कार्कीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले संयमता नअपनाउँदा अवस्था नियन्त्रणबाहिर गएको बताएकी छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद कार्कीले गत भदौ २३ गतेको घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा यस्तो उल्लेख गरेकी हुन्।

उनका अनुसार बानेश्वर क्षेत्रमा आन्दोलन चर्किँदै जाँदा आन्दोलनकारी र सुरक्षाकर्मीबीच तीव्र झडप भइरहेको थियो। ‘एकातिर प्रहरीले फायरिङ गरिरहेको थियो भने अर्कोतर्फ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका थिए,’ उनले बयानमा भनेकी छन्। दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरे पनि अवस्था नियन्त्रणबाहिरजस्तै देखिएको उनको भनाइ छ।

घटनास्थलबाट घाइतेहरूको उपचारका लागि सिभिल अस्पताल पुगेपछि घाइतेको चाप बढ्दै गएको उनले बताइन्। ‘घाइतेहरू निरन्तर आइरहेका थिए, कतिपय सामान्य उपचारपछि फेरि आन्दोलनमा फर्किन्थे, उनले भनेकी छिन्। 

त्यस्ता व्यक्तिहरूलाई नजान आग्रह गरे पनि उनीहरूले नमानेको उनको भनाइ छ।

डा. कार्कीका अनुसार अश्रुग्यासको असर अस्पतालभित्रसम्म पुगेको थियो, जसले उपचारको वातावरण थप जटिल बनाएको थियो। उनले रातभर अस्पतालमै बसेर अन्य स्वास्थ्यकर्मीहरूसँग मिलेर घाइतेहरूको उपचारमा सहजीकरण गरेकी थिइन्।

भदौ २४ गते पनि बानेश्वर क्षेत्र तनावग्रस्त नै रहेको र बिहानैदेखि पुनः घाइतेहरू अस्पताल ल्याउन थालिएको उनले बताइन्। यसैक्रममा संसद् भवन परिसर पुग्दा एक व्यक्तिलाई अचेत अवस्थामा फेला पारेर अस्पताल पठाउन सहयोग गरेको पनि उनले उल्लेख गरेकी छन्।

उनले दिनभर आन्दोलनकारीलाई तोडफोड नगर्न आग्रह गर्दै घाइतेहरूको उपचार तथा आवश्यक परे अन्य अस्पतालमा रिफर गर्न सहजीकरण गरेको र भदौ २५ गते बिहान मात्र अस्पतालबाट निस्किएको बयान आयोगसमक्ष दिएकी छन्।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ५ : २३ बजे

भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

रोम- गत वर्ष विश्वव्यापी रूपमा खाद्यान्न सङ्कटको सामना गरिरहेका दुई

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य

काठमाडौं– आइसिसी महिला टि–२० च्यालेन्ज ट्रफीमा भानुआतुले नेपाललाई ९८ रनको

धमाधम बोराबिस्तारा कस्दै थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्वासी बस्ती असामान्य

सुकुम्वासीले रास्वपालाई भने : सरकार पेलेर अघि बढे प्रतिकारमा उत्रिन्छौँ

काठमाडौं- काठमाडौंको अतिक्रमित सुकुम्वासी बस्तीका बासिन्दाले आफूहरूलाई हटाउने निर्णय कार्यान्वयन

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं– धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ