२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन « Khabarhub

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय आयोगले भदौ २३ गते बानेश्वरमा भएको घटनाको प्रमाण सुरक्षित नभएको उल्लेख गरेको छ ।

खबरहबमा प्राप्त आयोगको प्रतिवेदनमा भदौ २३ गते बानेश्वर क्षेत्रमा सुरक्षा निकायले घातक बल प्रयोग गरेको तर, प्रयोग भएका गोला बारुदको खोका सुरक्षित नरहेको उल्लेख गरिएको छ ।

‘भाद्र २३ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शनकारी र सुरक्षा बल बिच भएको भिडन्तमा सुरक्षा निकायबाट घातक बल पनि प्रयोग भएको थियो । घटनापछि प्रमाणको रूपमा त्यहाँ प्रयोग भएका गोला बारुदको खोका समेतको सुरक्षित रेकर्ड राख्नु पर्दथ्यो । तर राखिएको देखिँदैन’, प्रतिवेदनमा उल्लेख छ ।

सो रेकर्ड नहुनुमा २३ गते साँझसम्म बानेश्वर क्षेत्रमा तनावको स्थिति कायम रहेको र २४ गते बिहान संकलन गर्नुपर्नेमा अवस्था नियन्त्रण गर्नु प्राथमिकता रहेको हुनसक्ने आयोगको प्रतिवेदनमा उल्लेख छ । साथै, सबुद प्रमाण संरक्षण गर्दा प्रहरीले आफूविरुद्ध प्रमाण लाग्ने डरले पनि वास्ता नगरेको हुनसक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ५ : ५४ बजे

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न