तीन महिनाका लागि एन्फा निलम्वन « Khabarhub

तीन महिनाका लागि एन्फा निलम्वन


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्वन गरेको छ । परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्द्वारा आज जारी गरेको पत्रमा उल्लेख गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार एन्फाले आवश्यक प्रक्रिया नअपनाएको, निर्णयहरू कार्यान्वयन नगरेको तथा कानुनी व्यवस्था पालना नगरेको कारण निलम्वन गरेको राखेपको पत्रमा उल्लेख गरेको छ ।

विशेषगरी एन्फाले निर्वाचन प्रक्रिया अगाडि बढाउँदा परिषद्को स्वीकृति नलिएको र कानुनअनुसार काम नगरेको भन्दै यो कदम चालिएको परिषद्ले जनाएको छ ।

यसअघि परिषद्ले पटकपटक निर्देशन दिए पनि कार्यान्वयन नभएको, साथै महासङ्घको विधान र राष्ट्रिय कानुनबीच समन्वय नगरेको भन्दै अन्ततःनिलम्वनको निर्णय गरिएको राखेपद्वारा जारी पत्रमा जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : ४५ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले