आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित « Khabarhub

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले सहज जित निकालेको छ ।

बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै आरसीबी विजयी भएको हो ।

गुजरातले दिएको २ सय ६ रनको लक्ष्य आरसीबीले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

आरसीबीका विराट कोहलीले ८१ र देवदत्त पडिक्कलले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, क्रुनाल पाण्डेयले २३ र टिम डेभिडले १० रन जोडे ।

गुजरातका रशिद खानले २, मोहम्मद सिराज, जेसन होल्डर र मानव सुधारले‌ एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।

गुजरातका साई सुदर्शनले एक सय रनको शतक बनाए । यस्तै, शुभमन गिलले ३२, जोस बटलरले २५, जेसन होल्डरले २३ तथा वासिङ्टन सुन्दरले १९ रन बनाए ।

आरसीबीका भुवनेश्वर कुमार, जोस हेजलवड र सुयश शर्माले एक–एक विकेट लिए ।

यो जितसँगै आसीबी ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको गुजरात समान खेलबाट ६ अंकसहित सातौँ स्थानमा यथावत छ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ६ : ४३ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव