अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै « Khabarhub

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा फेरि शान्ति वार्ताको तयारी गरिएको छ ।

वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जेरेड कुश्नर शनिबार बिहान पाकिस्तान प्रस्थान गरेको ह्वाइट हाउसले जनाएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीसहितको टोली भने शुक्रबार नै इस्लामावाद पुगिसकेका छन् ।

करिब दुई महिनादेखि चलिरहेको अमेरिका–इरान युद्ध अन्त्य गर्ने र विशेषगरी स्ट्रेट अफ हर्मुजमा जारी अवरोध हटाउने विषयमा वार्ता हुने बताइएको छ।

विटकोफ र कुश्नरसँगको प्रारम्भिक कुराकानी सकारात्मक रहेमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि पाकिस्तान जाने उल्लेख गरिएको छ ।

इरानले वार्ताको इच्छा देखाएपछि यो भेटघाट हुन लागेको अमेरिकाले दाबी गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानलाई सम्झौताका लागि राम्रो अवसर रहेको भन्दै त्यसका लागि इरानले परमाणु हतियारको मोह त्याग्नुपर्ने र त्यसको प्रमाणित आधार दिनुपर्ने सर्त समेत राखेका छन् ।

गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्वभर तेलको मूल्य आकाशिएको छ।

विशेषगरी इरानले स्ट्रेट अफ हर्मुजमा ढुवानीमा लगाएको प्रतिबन्धले विश्व अर्थतन्त्रमा असर पारेको छ।

यो वार्ता सफल भएमा मध्यपूर्वमा जारी युद्ध अन्त्य हुने र विश्वव्यापी तेल आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ८ : ३६ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा