आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा « Khabarhub

आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिदेशीय शृंखला आजदेखि सुरु भएको छ ।

शृंखलाको पहिलो खेलमा अहिले नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युएईले टस जितेर फिल्डिङ (बलिङ) रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदानमा उत्रिएका छन् । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब छ ।

वैशाख २२ गतेसम्म चल्ने शृंखलामा तीनवटै देशले एक अर्काविरुद्ध दुई–दुई वटा खेल खेल्ने तालिका रहेको छ ।

आठ टोली सहभागी प्रतियोगिताको अंक तालिकामा नेपाल २० खेलबाट १२ अंकसहित सातौँ स्थानमा रहेको छ । युएई समान खेलबाट १० अंकका साथ अन्तिममा छ । दुबै टोलीले १६ खेल खेल्न बाँकी छ ।

बाँकी खेल तालिका यस्तो छ–
वैशाख १४ गते : ओमान र युएई
वैशाख १६ गते : नेपाल र ओमान
वैशाख १८ गते : नेपाल र युएई
वैशाख २० गते : ओमान र युएई
वैशाख २२ गते : नेपाल र ओमान ।

टोलीमा को को छन् ?
नेपाल टोली-
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान) आशिफ शेख, कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, विनोद भन्डारी, अर्जुन कुमाल, सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने, बसिर अहमद, ललित राजंवशी ।

युएई टोली– मोहम्मद वासिम (कप्तान), अर्यांश शर्मा, अदिब उस्मानी, मोहम्मद शाहदाद, सोएब खान, हरपृत भाटिया, निलन्श केश्वानी, हैदर अलि, खुजैमा बिन ताहिर, अजय कुमार, जुनैद सिद्दिकी अक्ष नाथ, मोहम्मद जवादुल्लाह, जश गियाननी र मोहमद जुहैब ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ९ : ४८ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव