दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो दिन नेपालमा शनिबारको दिन बिहान ११:५६ बजेको समय शक्तिशाली भुकम्प गएको २०८३ वैशाख १२ गते शनिबार (आज) एक दशक पुरा भएको छ।
सो भुकम्पले दोलखा सहित १८ जिल्लाका नागरिकले ठुलो जनधनको क्षति बेहोर्नुपरेको थियो। राज्यको अर्बौं सम्पत्ति सँगै १० हजार बढी नेपालीले ज्यान गुमाउनुपरेको थियो भने, सयौं नागरिक घाइते भएका थिए र लाखौं निजी घर तथा सरकारी भौतिक संरचना ध्वस्त बनेका थिए। दोलखामा पनि उक्त भुकम्पले झण्डै ६० हजार घर पूर्णरूपमा ध्वस्त पारेको थियो भने एक सय हाराहारीमा मानिसको ज्यान गएको थियो।

भुकम्पको दशक बित्दा सरकारले अर्बौं खर्च गरेर पुनर्निर्माण करिब अन्तिम चरणमा पुर्याएको छ। भुकम्पले थलिएको भौतिक पूर्वाधारै क्षेत्रको पुनर्निर्माण सम्पन्न हुँदा गाउँमा निकै परिवर्तन भएको देखिन्छ। जिल्लाको शैलुङ गाउँपालिका -१ ताम्चेत दूधपोखरी र २ भुषाफेदा गाउँभने हिजोआज सुनसान बनेका छन्। भुकम्प पछि राज्यको ३ लाख अनुदानमा निर्माण गरिएका सयौँ घर हिजोआज खाली र रित्तै छन। राहत प्राप्तिका लागि सहर छोडेर गाउँ छिरेका स्थानीय राहतका घर निर्माण गरेर ताल्चा झुन्डाएर अहिले शहर केन्द्रित बनेका छन ।
यहाँका दुई गाउँमा औसत ६५ प्रतिशत घर रित्तै देखिन्छन। शैलुङ -२ भुषाफेदा स्थित घट्टेखोलाकि स्थानीय कालिका तामाङ भन्छिन् अहिले गाउँ मान्छेहरू खासै बस्दैन्न। सबैले गाउँ त्यागेर सहर पसेका छन्। वर्षमा एक-दुईपटक केहि चाडपर्व मनाउन गाउँ आउने भएपनि त्यसबाहेक सँधै घरहरूमा ताल्चा लगाएर राख्ने गर्छन् गाउँमा मानिसहरू रित्तिदै गएको कारण गाउँमा खेतीपाती पनि हुन छाडेको छ।

भुकम्प अघि गाउँमा विकास खासै थिएन। सदरमुकाम जानसमेत हिँडेर जानुपर्ने बाध्यता थियो। त्यसबेला गाउँमा मान्छेको बसोबास बाक्लो थियो । तर, अहिले गाउँमा थरीथरीका विकास आए। स्वास्थ्य पहुँच, शिक्षा, खानेपानी विद्युत, सडक सबैको राम्रो सुविधा हुँदा पनि धेरैले गाउँ छाडेर सहर पसेको तितो यथार्थ सुनाइन् । लामा भन्छिन् भुकम्प पछि अनुदानको घर त सबैले बनाएका छन् तर मानिसको बसोबास चाहिँ सहरमा छ।
भुकम्प पछि गाउँमा राम्रा-राम्रा विद्यालय बने, सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएर गाउँ-घरमा सडक विस्तार भए, खानेपानीका समस्यामा सुधार आयो तर मान्छेले गाउँलाई त्यागेर शहर पसेको मालिघ्याङ गाउँका अर्का स्थानीय सोमबहादुर श्रेष्ठले बताए। उमेरले ६८ वर्ष पुगेका श्रेष्ठ भनछन युवा पुस्ताले गाउँ छाडेर शहर बस्दा अहिले गाउँमा कोही बिरामी पर्दा हेर्ने र मृत्यु हुँदा गाउँमा मलामी जाने मान्छेको समेत अभाव हुने गरेको छ।

गाउँमा वृद्ध- वृद्धामात्र छन्। गाउँका युवायुवतीहरू कोही विदेशमा गए त कोही बालबच्चा पढाउन भन्दै काठमाडौं छिरे। भुकम्पताका गाउँमा मान्छेको उपस्थिति बाक्लो थियो। गाउँका खेतबारी बझो राख्नु परेको थिएन।तर अहिले मान्छेको अभाव हुँदा गाउँका खेतबारी बाझो बस्न थालेका छन्।आलु खेती गर्ने किसान घटेका छन्। गाउँका स्कुल,स्वास्थ्य संस्था सुकेका छन्। मान्छे गाउँ छोर्दा जंगली जनावरको आतंक र प्रकोप बढेको उनले सुनाए।
गाउँ जेष्ठ नागरिकहरु मात्र बस्ने गरेका छौ।
भुकम्प पछि गाउँमा धेरै एनजिओ– आईएनजिओहरुले दिने राहतलिन त्यो मान्छेको लामालस्कार लाग्ने गर्थ्यो।तर अहिले भने गाउँमा त्यस्ता लस्कर देखिन्न।राहत निर्माण गरिएका घरमा झार र सिस्नु पलाएको देखिन्छ।गाउँ दर्जनौं सुविधा र विकास हुँदा पनि अहिले त्यसको उपभोग गर्ने मान्छेको अभाव रहेको छ।

दोलखामा वैशाख १२र१३ र २९ गतेको भुकम्प पछि बनेका ७० हजार घर मध्ये करिब ३५ हजार घरमा मान्छे नबस्ने गरेको देखिन्छ।दुई नगरपालिका सहित ७ गाउँपालिका रहेको दोलखामा ७३ हजार ४ सय ६८ लाभग्राही मध्य करिब ७० हजार भुकम्प पीडितले मात्रै अनुदान सम्झौता गरेर घर निर्माण गरेको थिए।













प्रतिक्रिया