गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू « Khabarhub

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजा युद्ध पछि पहिलो पटक शनिबार वेस्ट बैंक र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ ।

रामल्लाह स्थित केन्द्रीय निर्वाचन आयोगका अनुसार इजरायलको कब्जामा रहेको वेस्ट ब्यांकमा करिब १५ लाख र गाजाको देइर अल–बलाह क्षेत्रमा ७० हजार मतदाताहरू सूचिकृत भएका छन् । निर्वाचन आयोगका अनुसार मतदान केन्द्रहरू बिहान सात बजे खोलिएको थियो भने बेलुका सात वजे बन्द हुने छन् । 

गाजा पट्टीको लगभग आधा भाग नियन्त्रण गर्ने फताहको कट्टर प्रतिद्वन्द्वी हमाससँग सम्बद्ध व्यक्तिहरू मतदाता सुचीमा सूचीकृत नभएको जनाइएको छ ।

पछिल्लो समयमा प्यालेस्टिनी प्राधिकरणले भ्रष्टाचार, स्थिरता र घट्दो वैधता माथि व्यापक आलोचनाको सामना गरिरहेको छ । सन् २००६ देखि कुनै राष्ट्रपति तथा विधायकी चुनाव नभएको कारण, यस क्षेत्रमा नगरपालिका परिषद्हरू नै प्रशासन अन्तर्गतका काम गर्ने केही लोकतान्त्रिक संस्थाहरूका रुपमा रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका संयोजक रमिज अलक्बारोभले निर्वाचन आयोगले लोकतान्त्रिक प्रक्रिया आयोजना गरी मतदानको वातावरण बनाएकोमा आयोगको खुलेर प्रशंसा गरेका छन् ।

यस अघि विज्ञप्ति जारी गर्दै चुनावले प्यालेस्टिनीहरूलाई चुनौतीपूर्ण अवधिमा आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अवसर दिएको अलक्बारोभले बताए थिए ।  

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ३ : ०४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली