श्रीकृष्ण विक मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन « Khabarhub

श्रीकृष्ण विक मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका एक युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको गत ७ वैशाखमा प्रहरी हिरासतमा मृत्यु भएपछि संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन र धर्ना गरिएको हो । प्रदर्शनमा विभिन्न राजनीतिक दलका सांसद तथा नेताहरू पनि सहभागी भएका थिए ।

प्रदर्शनकारीहरूले दलित समुदायमाथि भइरहेका छुवाछुत, विभेद, बहिष्कार र दमन अन्त्य गर्न माग गर्दै ‘प्रहरी हिरासतमा मारिएका श्रीकृष्ण विकलाई न्याय दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

श्रीकृष्ण विक खोटाङकी एक बालिकासँगको अन्तरजातीय प्रेम विवाहपछि उत्पन्न विवादका क्रममा बलात्कारको मुद्दामा पक्राउ परेका थिए । उनीमाथि झुटा मुद्दा लगाइएको भन्दै परिवार र अधिकारकर्मीहरूले घटनाको निष्पक्ष न्यायिक छानबिनको माग गर्दै आन्दोलन जारी राखेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ५ : ०२ बजे

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान