लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन « Khabarhub

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा नं १७ मा आज निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । नगरपालिकाले विगत तीन वर्षदेखि अस्पतालसँग सम्झौता गरी नियमित रूपमा यस्ता शिविर सञ्चालन गर्दै आएको हो ।

शिविरअन्तर्गत मोतियाबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिँदै आएको छ । शिविर उद्‌घाटन गर्दै नगरप्रमुख चौधरीले नगरलाई मोतियाबिन्दु मुक्त बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको जानकारी दिए । 

‘आर्थिक अभावका कारण कुनै पनि नगरवासी आँखासम्बन्धी समस्याबाट पीडित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो’, उनले भने। उनका अनुसार शिविरसँग सम्बन्धित सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने छ ।

यस वर्ष वडा नं १७ बाट सुरु गरिएको शिविर नगरका सबै २४ वटै वडामा सञ्चालन गरिनेछ। साथै, मोतियाबिन्दु पहिचान भएका बिरामीलाई नगरबसमार्फत अस्पतालसम्म ल्याउने पुर्‍याउने व्यवस्था निःशुल्क गरिएको छ ।

सगरमाथा चौधरी आँखा अस्पतालका शिविर संयोजक राजकुमार राउतका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा लहान नगरपालिकासँगको सहकार्यमा सञ्चालन भएका शिविरमार्फत १७ हजारभन्दा बढी व्यक्तिको निःशुल्क आँखा जाँच गरिएको छ । 

तीमध्ये करिब दुई हजार ५०० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ भने आठ हजारभन्दा बढीलाई निःशुल्क चस्मा र औषधि वितरण गरिएको छ ।

अस्पतालले नेपाल तथा भारतका वार्षिक रूपमा करिब २५ लाख आँखाका बिरामीको उपचार गर्दै आएको छ । साथै, विभिन्न स्थानीय तहसँगको सहकार्यमा दक्ष जनशक्ति र आधुनिक प्रविधिसहित आँखा जाँच शिविरलाई निरन्तरता दिँदै आइएको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ५ : ४४ बजे

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति