वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह « Khabarhub

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्लामा सामुदायिक वन व्यवस्थापनलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको आयआर्जनसँग जोड्न आग्रह गरिएको छ । यहाँको त्रिशूलीपारीका वनजङ्गललाई प्रभावकारी संरक्षण गर्दै फलफूलबाट आर्थिक लाभ लिने लक्ष्यसहित छलफल अगाडि बढाइएको पनि डिभिजन वन कार्यालयले जनाएको छ । 

त्यसका लागि शुक्रबार ‘रसुवाका सामुदायिक वनको वर्तमान अवस्था, चुनौती, अवसर तथा जलवायु परिवर्तनको प्रभाव’ विषयक अन्तरक्रिया आयोजना गरी सुझाव संकलन गरिएको डिभिजन वन अधिकृत शम्भु तामाङले जानकारी दिए । 
          
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन संरक्षणलाई फलफूल तथा आयमूलक बिरुवा रोपनमार्फत स्थानीय समुदायको आर्थिक अवस्था सुधार गरिनुपर्नेमा जोड दिए । उनले सामुदायिक वनलाई उत्पादनमुखी र व्यवस्थित बनाउन आग्रह गरे। 

मन्त्रालयका सचिव डा केदार बरालले जलवायु परिवर्तन न्यूनीकरणमा वनको भूमिका महत्त्वपूर्ण रहेकाले वृक्षरोपण, संरक्षण नीति कार्यान्वयन र समुदायको सक्रिय सहभागितामा जोड दिनुपर्ने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे,  प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे, सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीलगायतले आफ्नो धारणा राखेका थिए ।
 

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ५ : ५८ बजे

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति