आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो « Khabarhub

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र पञ्जाबबीच शनिबार भएको खेलका क्रममा एक गम्भीर दुर्घटना भएको छ। दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर लुंगी एङ्गिडी बल समात्ने क्याच गर्ने क्रममा टाउकोमा गम्भीर चोट लागेको हो ।

अरुण जेटली रंगशालामा भएकाे खेलको क्रममा एङ्गिडी पछाडि फर्किएर बल समात्न खोज्दा सन्तुलन गुमाएर जमिनमा पछारिएका थिए। उनको टाउको जमिनमा ठोक्किँदा ठूलो असर परेको देखिएको थियो, जसका कारण खेल करिब १५ मिनेटसम्म रोकिएको थियो।

घटना पञ्जाबको इनिङ्सको तेस्रो ओभरमा भएको थियो । अक्षर पटेलले फालेको बलमा ब्याट्सम्यान प्रियांश आर्याले हावामा प्रहार गरेका थिए । मिड अफ क्षेत्रतर्फ गएको उक्त बल समात्न एङ्गिडी तीव्र गतिमा पछाडि दौडिएका थिए। तर बलको दिशा अनुमान गर्न सानो गल्ती हुँदा उनी लड्न पुगे र टाउकोका साथ जमिनमा ठोक्किए।लडेपछि उनी तुरुन्तै मैदानमै पल्टिएर टाउको समात्दै पीडामा देखिएका थिए।

घटनापछि मैदानमा तुरुन्त स्ट्रेचर ल्याइएको थियो। त्यसपछि चिकित्सकसहितको टोली दौडेर पुगेको थियो। प्रारम्भिक अवस्थामा एङ्गिडीले प्रतिक्रिया जनाइरहेको देखिए पनि पछि अवस्था केही चिन्ताजनक देखिएपछि थप सतर्कता अपनाइएको थियो।

अन्ततः मैदानमै एम्बुलेन्स बोलाइयो र उनलाई स्ट्रेचरमार्फत अस्पताल पठाइएको थियो। आयोजकले सार्वजनिक गरेको जानकारी अनुसार अहिले उनको अवस्था खतरामुक्त रहेको र छिट्टै डिस्चार्ज गरिने बताइएको छ।

पूरै घटनाक्रमका क्रममा खेलाडी, निर्णायक र व्यवस्थापक टोलीले चिन्ताका साथ अवस्था नियालेका थिए। गम्भीर चोटका कारण खेल करिब १५ मिनेटसम्म स्थगित गरिएको थियो। ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ९ : १२ बजे

बागमती सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को दश

देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं– पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि

काठमाडौं – विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका

कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना

मदन–आश्रितले जनमुखी राजनीतिक संस्कार स्थापित गर्नुभयो : विद्यादेवी भण्डारी

काठमाडौं -पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले स्वर्गीय मदन भण्डारी र