सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई  « Khabarhub

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ । 

संस्थाका निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएपछि सिबिफिनको अध्यक्ष पद रिक्त हुन पुगेको थियो ।

रिक्त रहेको उक्त पदमा आगामी वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्मका लागि संस्थाको नेतृत्व सम्हाल्ने गरी उपाध्यायलाई सर्वसम्मत रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय भदौ २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले गरेको हो ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका उपाध्याय महालक्ष्मी विकास बैंकका अध्यक्ष समेत हुन् । उनी नेपालको बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि क्रियाशील छन् । 

सिबिफिनको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर योगदान पुर्‍याउँदै आएका उपाध्यायको अनुभवले संस्थाको आगामी यात्रालाई थप परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

वर्तमान जटिल आर्थिक परिवेशमा बैंकिङ क्षेत्रले भोगिरहेका नीतिगत तथा व्यावहारिक चुनौतीहरू समाधान गर्न र बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता एवं दिगो विकासका लागि उनको नेतृत्व प्रभावकारी हुने विश्वास सिबिफिनले व्यक्त गरेको छ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  २ : ४५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह