आईपीएल : वैभव सूर्यवंशीले ३६ बलमै पूरा गरे शतक « Khabarhub

आईपीएल : वैभव सूर्यवंशीले ३६ बलमै पूरा गरे शतक


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ।

सवाई मानसिंह रंगशाला मा भइरहेको खेलमा हैदराबादले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । आजको खेलमा हैदराबादका कप्तान प्याट कमिन्स टोलीमा पुनरागमन गरेका छन् ।

खेलमा वैभव सूर्यवंशीले मात्र ३६ बलमा शतक पूरा गर्दै उत्कृष्ट प्रदर्शन गरे । उनले ३७ बलमा १०३ रन बनाउँदै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। उनको इनिङ्समा १२ छक्का र ५ चौका समावेश थिए । अन्ततः उनलाई साकीबले आउट गरे। सुरुआती ओभरमै सूर्यवंशीले प्रफुल्ल हिंगेको बलमा चार छक्का प्रहार गरेका थिए ।

यशस्वी जायसवाल भने धेरै समय टिक्न सकेनन् । उनी ८ बलमा १० रन बनाएर ईशान मलिंगा को बलमा आउट भए। त्यस्तै ध्रुव जुरेल ले पनि उत्कृष्ट अर्धशतक प्रहार गर्दै ५१ रन बनाएर आउट भए।

ताजा अवस्थामा राजस्थानले १३ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर १७० रन बनाइसकेको छ। हाल क्रिजमा डोनोवन फरेरा र रियान पराग टिकिरहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ९ : २० बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको