रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति « Khabarhub

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले २०८३ वैशाख १० गते चण्डेश्वरी माध्यमिक विद्यालय, खिजिदेम्बा–२ का प्रधानाध्यापक सन्तबहादुर मगरमाथि दुर्व्यहार गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

महासङ्घले जारी गरेको विज्ञप्ति सांसद पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मगरमाथि धम्कीपूर्ण र अपमानजनक व्यवहार गरेको उल्लेख गरिएको छ।

महासङ्घले प्रत्येक पदाधिकारीको आफ्नै जिम्मेवारी र कार्यक्षेत्र हुने भन्दै त्यसलाई बेवास्ता गर्दै विद्यालय परिसरभित्र गरिएको व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि गम्भीर चोट पुगेको जनाएको छ। साथै यस्तो गतिविधिले जननिर्वाचित प्रतिनिधिप्रतिको विश्वाससमेत कमजोर बनाउने ठहर गरिएको छ।

घटनाको कडा शब्दमा निन्दा गर्दै महासङ्घले शिक्षा क्षेत्रको मर्यादा र स्वायत्तताको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन समेत सचेत गराइएको छ।

महासङ्घका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा जारी विज्ञप्तिमा सरोकारवाला सबैलाई जिम्मेवार बन्न अपिल गरिएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ९ : ४६ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता