मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते « Khabarhub

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि स्थानीयले ढुंगामुढा गर्दा स्थिति तनावग्रस्त बनेको छ।

स्थानीय प्रशासनको निर्देशनअनुसार अतिक्रमित संरचना हटाउन डोजरसहित पुगेको टोलीले गैह्रीगाउँस्थित बस्ती खाली गराएपछि साँझ मनोहरा किनारतर्फ पुगेको थियो । त्यसक्रममा स्थानीयको एक समूहले विरोध जनाउँदै डोजरमाथि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ।

ढुंगामुढाबाट नेपाल प्रहरी का ११ जना र सशस्त्र प्रहरी बल का ८ जना गरी कुल १९ सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली तत्कालका लागि फर्किएको छ। सुरक्षा निकायले भोलि बिहानैदेखि पुनः उक्त क्षेत्र खाली गराउने तयारी भइरहेको जनाएको छ।

मनोहरा नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउने विषयमा यसअघि पनि विवाद हुँदै आएको थियो।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ९ : ५४ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली