आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य « Khabarhub

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबाद सामु २२९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

सवाई मानसिंह रंगशालामा जारी खेलमा हैदराबादले टस जिते बलिङ रोजेको थियो । सुरुवाती ब्याटिङमा उत्रिएको राजस्थानका ब्याट्सम्यानहरूले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै राजस्थानले २२८ रन बनायो।

राजस्थानको इनिङ्सका नायक बने वैभव सूर्यवंशी, जसले केवल ३७ बलमा १०३ रनको तीव्र पारी खेले । उनले ३६ बलमै शतक पूरा गर्दै १२ छक्का र ५ चौका प्रहार गरे ।

ध्रुव जुरेलले पनि उत्कृष्ट साथ दिँदै ५१ रन बनाए। अन्तिम ओभरहरूमा डोनोवन फरेरा ले १६ बलमा ३३ रन थप्दै टोलीको स्कोर अझ उचाल्न सहयोग गरे ।

हैदराबादतर्फबाट ईशान मलिंगाले सर्वाधिक २ विकेट लिए । त्यस्तै प्याट कमिन्स, नीतीश रेड्डी, साकिब हुसैन र प्रफुल्ल हिंगे ले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १० : ०६ बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार