आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य « Khabarhub

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबाद सामु २२९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

सवाई मानसिंह रंगशालामा जारी खेलमा हैदराबादले टस जिते बलिङ रोजेको थियो । सुरुवाती ब्याटिङमा उत्रिएको राजस्थानका ब्याट्सम्यानहरूले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै राजस्थानले २२८ रन बनायो।

राजस्थानको इनिङ्सका नायक बने वैभव सूर्यवंशी, जसले केवल ३७ बलमा १०३ रनको तीव्र पारी खेले । उनले ३६ बलमै शतक पूरा गर्दै १२ छक्का र ५ चौका प्रहार गरे ।

ध्रुव जुरेलले पनि उत्कृष्ट साथ दिँदै ५१ रन बनाए। अन्तिम ओभरहरूमा डोनोवन फरेरा ले १६ बलमा ३३ रन थप्दै टोलीको स्कोर अझ उचाल्न सहयोग गरे ।

हैदराबादतर्फबाट ईशान मलिंगाले सर्वाधिक २ विकेट लिए । त्यस्तै प्याट कमिन्स, नीतीश रेड्डी, साकिब हुसैन र प्रफुल्ल हिंगे ले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १० : ०६ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई