नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म « Khabarhub

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन । कारण– सामाजिक सञ्जालको युगमा सबैभन्दा बढी हेरिएको गीत हो ।

यो युट्युबमा सार्वजनिक भएको आठ वर्ष भयो । धेरै हेरिएका भनिएका गीतहरूभन्दा यो निकै अगाडि छ ।

युट्युबमा यो गीतले २३ करोड भ्युज पाएको छ । यो गीतका केही रेकर्ड त कहिल्यै टुट्नेवाला छैनन् । त्यसमध्येको एक हो- सबैभन्दा पहिला १० करोड र २० करोड भ्युज पाउने नेपाली गीत ।

अहिले यो गीतको भ्युज २४ करोड पुग्नै लागेको छ । २० करोड भ्युज पाउने यो एक्लो गीत हो । यो गीतको शब्द र संगीत राजनराज सिवाकोटीको हो । स्वर राजनराज सिवाकोटीसहित गायिका मेलिना राई र राजन इशानले दिएका छन् ।

यो गीत फिल्म ‘दुई रुपैयाँ’मा समावेश छ ।

यो गीतको भ्युज भारतका हिट गीतसँग पनि तुलना गर्दा हुन्छ । बलिउडमा मध्यम हिट मानिएका गीतको भ्युज पनि त्यही २० करोड हाराहारी हुन्छ ।

प्रकाश सपुतको रेकर्ड

नेपाली गीतका लागि एक करोड भ्युज सामान्य भइसक्यो । चर्चामा रहेका प्रायः सबै गायकको यो आकडा पार गरेका छन् ।

नेपालको सन्दर्भमा कसले छोटो समयमा एक करोड भ्युज कटाउने भन्ने विषयमा होडबाजी चलेको पाइन्छ । यसलाई चाहिँ रेकर्ड मानिन्छ ।

छोटो समयमा एक करोड भ्युज कटाउने गायक प्रकाश सपुत हुन् ।

उनको गीत ‘सकम्बरी’ले सात दिनमा एक करोड भ्युज पाएको थियो । सार्वजनिक भएलगत्तै विवाद परेकाले यो गीतको भ्युज ह्वात्तै बढेको थियो । यो गीतमा प्रकाशकै शब्द, संगीत र स्वर छ ।

रेकर्ड ब्रेकर बालेन

प्रधानमन्त्रीको शपथ खाने केही दिनअघि बालेनले सार्वजनिक गरेको र्‍याप गीत ‘मेची महाकाली’ छोटो समयमा सबैभन्दा बढी भ्युज पाएको छ । सुरुवाती २४ घण्टा अर्थात् एक दिनमा उक्त गीतले ३७ लाख भ्युज पाएको थियो ।

बालेनले यही गीतबाट दुर्गेशको दुर्लभ रेकर्ड ब्रेक गरेका थिए ।

दुर्गेशको गीत ‘दुस्मन हेरेको हेर्‍यै’ले २४ घण्टामा १६ लाख भ्युज बटुल्दै रेकर्ड राखेको थियो ।

बालेनको उक्त गीतले सबैभन्दा छिटो ५० लाख भ्युज बनाएर अर्को रेकर्ड राखेको छ । तीन दिनमा उक्त गीतले यो रकेर्ड राखेको हो ।

नेपालमा र्‍याप विधा सुन्न दर्शक अन्यको तुलनामा कम छन् । अन्य विधालाई चुनौती दिने रेकर्ड बालेनले बनाए ।

१० करोड भ्युज पाउने पहिलो लोक गीत

१० करोड क्लब नेपाली गीतका लागि प्रतिष्ठाकै विषय हो । दर्शनभन्दा कम गीतले यो क्लबमा समावेश छन् ।

तर, यो क्लबमा प्रवेश गर्ने पहिलो लोक गीत ‘अरेली काँडैले’ हो । डेढ वर्षको अवधिमा यो गीतले उक्त भ्युज पाएको हो ।

यस तीज गीतकी गायिका शान्तिश्री परियार हुन् । खेम सेञ्चुरीको संगीत र नेञ अर्यालको शब्दमा यो गीत तयार भएको हो । भिडियोमा प्रकाश सपुत र अञ्जली अधिकारी फिचर्ड छन् ।

यो क्लबमा प्रवेश गर्ने दोस्रो लोक विधाको गीत ‘सालको पात टपरी’ हो । यसको गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझी हुन् । नवराज पन्तको शब्दमा वसन्त थापाले संगीत भरेका हुन् ।

एक्ली मेलिना

१० करोड क्लबमा वर्चश्व राख्ने एक्ली गायिका मेलिना हुन् । गायिका शान्तीश्री परियारका दुई गीत ‘रुकुम मैकोट’ र ‘अरेली काँडै’ १० करोड क्लबमा छन् । तर, मेलिनाका चार गीत करोड क्लबमा छन् । २० करोड भ्युज कटाउने एक मात्रै गीत ‘कटुमा कुटुमा’ पनि उनकै स्वर छ ।

त्यस्तै, करोड क्लबका गीतहरू ‘पिरिम नलाउने’, ‘कसरी कसरी २’ र ‘माया बिरानी’मा पनि उनको स्वर छ । चार गीतमा करोड क्लबमा प्रवेश गराउने एक मात्रै गायिका उनी हुन् ।

यम बुद्धको क्रेज

र्‍यापर यम बुद्धले आत्महत्या गरेको ९ वर्षभन्दा बढी भयो । तर, पनि उनको नेपाली र्‍याप संगीतमा प्रभाव जारी छ । हुन त उनलाई नेपाली र्‍यापलाई नयाँ स्वरुप दिने योद्धाकै रुपमा चिनिन्छ ।

आजको मितिमा पनि सबैभन्दा बढी भ्युज पाउने नेपाली र्‍याप गीत यम बुद्धकै हो । उनको गीत साथीले ६ करोड ९ लाख भ्युज पाएको छ ।

उनलाई अर्को र्‍यापर भी-टेनले पछ्याउँदै छन् । उनको गीत ‘यात्राले ६ करोड ५ लाख भ्युज पाएको छ । यमबुद्धभन्दा ४ लाख भ्युजले भी-टेन पछाडि छन् ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ८ : ०२ बजे

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक