आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ  – आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ मे २५ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ। राजनीतिक क्षेत्रमा इज्जत राख्नका लागि सम्पत्ति खर्च गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : मन प्रशन्न रहनेछ। पद र प्रतिष्ठाका लागि तपाईंले गरेको खर्चको सदुपयोग हुनेछ। नेतृत्वलाई हातमा लिएर काम गर्न सकिनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

मिथुन : धन खर्च भए पनि उचित ठाउँमा भएको लगानी उठ्नेछ। धार्मिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। विपक्षी साथीबाट तपाईंको प्रशंसा हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : तपाईंको बोलीले साथी टाढा हुनेछन्। पैतृक सम्पत्तिको आडमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको मूल्यांकन हुनेछ। उत्तरको लामो एकल यात्रा नगर्नु उचित हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। आज सोचेका काम बन्नेछन् ।

कन्या : दिन सामान्य छ। तपाईंमाथि पारिवारिक बोझ थपिनेछ। स्वास्थ्य सुधार हुनेछ। मनमा शान्ति मिल्नेछ। आफन्त असन्तुष्ट हुने जोखिम छ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ।

तुला : दिन राम्रो छ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सन्तान सुख मिल्नेछ। ठुलो काममा हात हाल्न हिम्मत गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा आस्था बढ्नेछ।

वृश्चिक : आज नयाँ योजना बनाएर अघि बढ्नु उपयुक्त देखिन्छ । स्वास्थ्य सुधार हुनेछ। शिक्षाको क्षेत्रमा लगानीका लागि हौसला बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राज्यको तर्फबाट सेवाका अवसर मिल्नेछ। गुरुको प्रश्नको भने सामना गर्नुपर्नेछ।

धनु : शुभ दिन छ। स्वास्थ्य गरेको प्रयास सफल बन्नेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। विपक्षीको आलोचनाको भने सामना गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

मकर : व्यवहारिक चुनौतीको सामना गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रको अल्पज्ञानले सम:या बढ्नेछ। विपक्षी साथीले साथ दिनेछन्। उपचारमा भए स्वास्थ्य सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा गरेको अध्ययनको मूल्यांकन हुनेछ। स्वास्थ्य सम:या हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्ने समय छ। शनिदेव गलत ठाउँमा भए ठुलो क्षति हुने जोखिम रहेको छ।

मीन : आज बलले भन्दा बुद्धिले काम गर्नुपर्ने दिन छ। चुनौतीको बोझ बढ्नेछ। सहकर्मीसँग सल्लाह गरेर सुरुवात गरेको कामले फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरेको काममा सफलता मिल्नेछ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ०५ बजे

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

काठमाडौँ – हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ  – आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का