अनिल शाहको कप्तानीमा भारतसँग खेल्ने नेपाल ‘ए’ टिम घोषणा « Khabarhub

अनिल शाहको कप्तानीमा भारतसँग खेल्ने नेपाल ‘ए’ टिम घोषणा


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिता खेल्ने नेपाल ‘ए’ क्रिकेट टिम घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार अनिल शाहको कप्तानीमा नेपाल ए टिम घोषणा गरेको हो ।

१४ सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीका अनुभवी खेलाडी समेटिएका छन् ।

नेपाल ए टिममा मयन यादव, तिर्थराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दीपक डुम्रे, युवराज खत्री, बिपिन खत्री, ललित राजबंशी र अर्जुन कुमालले स्थान पाएका हुन्।

प्रतियोगिताको समूह चरणमा नेपाल ‘ए’ ले भारतका तीनवटा प्रान्तीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। तालिका अनुसार नेपालले पहिलो खेल जेठ १६ गते केरलासँग खेल्नेछ । जेठ १७ गते दोस्रो खेल गोवा र जेठ १९ गते तेस्रो खेल ओडिसासँग खेल्दैछ ।

समूह चरणको खेल सकिएपछि त्यसको नतिजाका आधारमा जेठ २१ गते क्वाटरफाइनल, जेठ २३ गते सेमिफाइनल र जेठ २४ गते फाइनल खेल हुने छ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ६ : १४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका