अनिल शाहको कप्तानीमा भारतसँग खेल्ने नेपाल ‘ए’ टिम घोषणा « Khabarhub

अनिल शाहको कप्तानीमा भारतसँग खेल्ने नेपाल ‘ए’ टिम घोषणा


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिता खेल्ने नेपाल ‘ए’ क्रिकेट टिम घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार अनिल शाहको कप्तानीमा नेपाल ए टिम घोषणा गरेको हो ।

१४ सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीका अनुभवी खेलाडी समेटिएका छन् ।

नेपाल ए टिममा मयन यादव, तिर्थराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दीपक डुम्रे, युवराज खत्री, बिपिन खत्री, ललित राजबंशी र अर्जुन कुमालले स्थान पाएका हुन्।

प्रतियोगिताको समूह चरणमा नेपाल ‘ए’ ले भारतका तीनवटा प्रान्तीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। तालिका अनुसार नेपालले पहिलो खेल जेठ १६ गते केरलासँग खेल्नेछ । जेठ १७ गते दोस्रो खेल गोवा र जेठ १९ गते तेस्रो खेल ओडिसासँग खेल्दैछ ।

समूह चरणको खेल सकिएपछि त्यसको नतिजाका आधारमा जेठ २१ गते क्वाटरफाइनल, जेठ २३ गते सेमिफाइनल र जेठ २४ गते फाइनल खेल हुने छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ६ : १४ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक