आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने « Khabarhub

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणको आफ्नो अन्तिम खेलमा कोलकाता नाइटराइडर्सलाई ४० रनले पराजित गरेको छ । दिल्लीका लागि यो सान्त्वना जित हो । यो जितसँगै दिल्ली प्रतियोगिताबाट बाहिरिएको छ ।

लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रनको बलियो योगफल खडा गरेको थियो । दिल्लीका लागि ओपनर केएल राहुलले ६० रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेलेका थिए ।

२ सय ४ रनको ठूलो लक्ष्य पछ्याएको कोलकाताले खराब सुरुवात गरेको थियो । आक्रामक ब्याटिङ गर्ने प्रयासमा नियमित अन्तरालमा विकेट गुमाएको कोलकाता १८.४ ओभरमा मात्र १ सय ६३ रनमा अलआउट भयो

कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा भएको खेलसँगै यसपल्टको प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेल समाप्त भएका छन् । यससँगै उपाधि होडको प्ले-अफ समीकरण पनि पूरा भएको छ ।

अब प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ ।

बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुनेछन् । इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ६ : ५३ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले