आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने « Khabarhub

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणको आफ्नो अन्तिम खेलमा कोलकाता नाइटराइडर्सलाई ४० रनले पराजित गरेको छ । दिल्लीका लागि यो सान्त्वना जित हो । यो जितसँगै दिल्ली प्रतियोगिताबाट बाहिरिएको छ ।

लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रनको बलियो योगफल खडा गरेको थियो । दिल्लीका लागि ओपनर केएल राहुलले ६० रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेलेका थिए ।

२ सय ४ रनको ठूलो लक्ष्य पछ्याएको कोलकाताले खराब सुरुवात गरेको थियो । आक्रामक ब्याटिङ गर्ने प्रयासमा नियमित अन्तरालमा विकेट गुमाएको कोलकाता १८.४ ओभरमा मात्र १ सय ६३ रनमा अलआउट भयो

कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा भएको खेलसँगै यसपल्टको प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेल समाप्त भएका छन् । यससँगै उपाधि होडको प्ले-अफ समीकरण पनि पूरा भएको छ ।

अब प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ ।

बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुनेछन् । इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ६ : ५३ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक