अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन « Khabarhub

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

प्रस्तावित सम्झौतालाई लिएर रिपब्लिकन पार्टीभित्रै विवाद


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’ आफ्ना वार्ताकारलाई निर्देशन दिएका छन् । यसअघि इरानसँगको सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको संकेत गरेका ट्रम्पको पछिल्लो भनाइले वार्ता अझै केही समय तन्किने देखाएको छ ।

अहिले छलफलमा रहेको प्रस्तावित सम्झौतामा ६० दिनको युद्धविराम थप गर्ने, हर्मुट मार्ग पुनः सञ्चालनमा ल्याउने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढाउने योजना समावेश रहेको बताइएको छ ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले वार्ता ‘सकारात्मक’ रूपमा अघि बढिरहेको भए पनि “दुवै पक्षले पर्याप्त समय लिएर यसलाई सही निष्कर्षमा पुर्‍याउनुपर्ने” उल्लेख गरेका छन् । शनिबार मात्रै ट्रम्पले सम्झौताका धेरैजसो विषयमा “सहमति जुटिसकेको” बताएका थिए, जसका कारण चाँडै नै औपचारिक घोषणा हुने अनुमान गरिएको थियो ।

इरानी अधिकारीले पनि पछिल्लो साताका छलफल सकारात्मक रहेको संकेत गरेका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले दुवै पक्ष सम्झौताको “धेरै नजिक र धेरै टाढा” दुवै स्थितिमा रहेको टिप्पणी गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार यो प्रस्तावित मस्यौदा अन्तिम सम्झौता भने होइन । यसले केही जटिल मुद्दालाई पछि सम्बोधन गर्ने गरी थाती राखेको छ । जसमा इरानले राखेको प्रतिबन्ध फुकुवा र रोक्का गरिएको आफ्नो रकम फुकुवा गर्नुपर्ने माग तथा वासिङ्टनले इरानको आणविक महत्त्वाकांक्षामाथि बन्देज लगाउनुपर्ने अडान जस्ता विषयहरू सामेल छन् ।

प्रस्तावित सम्झौतालाई लिएर अमेरिकी सत्तारूढ रिपब्लिकन पार्टीभित्रै तीव्र मतभेद देखिएको छ । केही नेताहरूले यो सम्झौता इरानप्रति निकै नरम भएको भन्दै सार्वजनिक रूपमै आलोचना गरेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ७ : ४० बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल