विश्वकपमा के छन् नयाँ नियम ? मुख छोपे सिधै रातो कार्ड ! « Khabarhub

विश्वकपमा के छन् नयाँ नियम ? मुख छोपे सिधै रातो कार्ड !

समय खेर फाल्ने रणनीति रोक्न 'काउन्टडाउन'


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप हुँदैछ । हरेक विश्वकपमा नयाँ नियमको चर्चा हुन्छ । सन् १९७० को विश्वकप फुटबलमा पहिलो पटक पहेँलो र रातो कार्ड प्रयोगमा आएको थियो । सन् २०१८ को विश्वकपमा ‘भिडियो असिस्टेन्ट रेफ्री’ सुरुवात भएको थियो । सन् २०२२ को कतार विश्वकपमा रेफ्रीले अतिरिक्त समयलाई सक्दो लामो बनाएर नयाँ अभ्यास गरेका थिए । अब अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा फुटबल इतिहासकै केही नयाँ र आमूल परिवर्तनकारी नियम देख्न पाइने भएको छ ।

अन्तर्राष्ट्रिय फुटबल बोर्ड (आईएफएबी) र फिफाले खेललाई थप रोचक, अनुशासित र समयको बचत गराउने उद्देश्यले ल्याएका नयाँ नियम सबैका लागि रोचक हुनसक्छन् ।

प्रत्येक खेल चार भागमा विभाजित हुने
अचेल अत्यधिक गर्मीका बेला खेलाडीले खेलको बीचमा विश्राम लिने र तरल पदार्थ पिउने सामान्य जस्तै बनेको छ । तर अब फिफाले यसलाई अनिवार्य नियमकै रूपमा लागू गर्दै छ । नयाँ नियमअनुसार प्रत्येक हाफको बीचमा तीन मिनेटको ‘हाइड्रेसन’ विश्राम दिइनेछ ।

यो नियम मौसम चिसो भए पनि सबै खेलमा समान रूपमा लागू हुनेछ । फिफाका अनुसार यो निर्णय खेलाडीकै सुझावका आधारमा गरिएको हो ।

कर्नर र दोस्रो पहेँलो कार्डमा पनि ‘भार’
यसअघि ‘भार’ को प्रयोग गोलका क्रममा हुन सक्ने गम्भीर भूल, पेनाल्टीको निर्णय, सिधै रातो कार्ड र खेलाडी पहिचानको भ्रम सच्याउन मात्र गरिँदै आएको थियो । आईएफएबीले यसको दायरा विस्तार गर्दै अब कर्नर र दोस्रो पहेँलो कार्डमा पनि ‘भार’ को सहयोग लिने नियम बनाएको छ । यदि कोही खेलाडी दोहोरो पहेँलो कार्डका कारण मैदान बाहिरिनुपर्ने स्थिति आएमा वा गलत कर्नरको निर्णय भएमा ‘भार’ ले त्यसलाई सच्याउनेछ । यस प्रक्रियाले खेलमा थप ढिलाइ भने गर्ने छैन ।

समय खेर फाल्ने रणनीति रोक्न ‘काउन्टडाउन’
खेलाडीले खेलको समय जानाजानी समय खेर फाल्ने प्रवृत्तिलाई रोक्न फिफाले कडा नियम ल्याएको छ । अब गोल किक्स, थ्रो-इन र सब्स्टिच्युसनमा ‘काउन्टडाउन’ राखिनेछ ।

गोल किक्स र थ्रो-इन: यदि रेफ्रीलाई खेलाडीले जानाजानी ढिलाइ गरेको लागेमा ५ सेकेन्डको ‘भिजुअल काउन्टडाउन’ देखाइने छ । निर्धारित समयमा प्रक्रिया पूरा नगरे गोल किक्स कर्नरमा परिणत हुनेछ भने थ्रो-इनको अधिकार सिधै विपक्षी टोलीमा जानेछ ।

सब्स्टिच्युसन: खेल मैदान बाहिरिने खेलाडीले सब्स्टिच्युसन बोर्डमा नम्बर देखिएको १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ । यदि खेलाडी असफल भएमा उनको स्थानमा मैदान छिर्ने नयाँ खेलाडीलाई खेल नरोकिँदासम्म वा कम्तीमा १ मिनेट खेल अघि नबढ्दासम्म मैदान प्रवेश गर्न दिइने छैन ।

चोटपटक: चोटका कारण खेल रोकिएर उपचार पाएका खेलाडीले मैदान बाहिर १ मिनेट समय बिताउनुपर्नेछ, त्यसपछि मात्र उनी मैदान फर्कन पाउनेछन् ।

मुख छोपेमा सिधै रातो कार्ड
मैदानमा खेलाडी-खेलाडीबीच विवाद हुँदा वा कुराकानी गर्दा कसैले आफ्नो मुख छोपेमा अब सिधै रातो कार्ड दिइनेछ । च्याम्पियन्स लिगको एक खेलमा बेन्फिकाका जियानलुका प्रेस्टिनीले रियल म्याड्रिडका भिनिसियस जुनियरसँग बोल्ने क्रममा मुख छोपेर रंगभेदी टिप्पणी गरेको पुष्टि भएपछि फिफाले यो कडा नियम बनाएको हो ।

यस्तै, रेफ्रीको निर्णयको विरोध गर्दै खेलको बीचमै मैदान छाडेर हिँड्ने खेलाडी वा टोलीलाई पनि रातो कार्ड देखाइनेछ । गत जनवरीमा सम्पन्न अफ्रिकी कप अफ नेसन्सको फाइनलमा सेनेगलका खेलाडीले मोरक्कोविरुद्ध पेनाल्टीको विरोध गर्दै मैदान छाडेका थिए । पछि मैदान फर्किएर सेनेगलले उपाधि जिते पनि नियम उल्लंघनको आरोपमा महासंघले सेनेगलको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषित गरेको नजिरलाई ध्यानमा राख्दै फिफाले यो नियममा कडाइ गरेको हो । (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  १० : ०७ बजे

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त