लुम्बिनीको अर्थतन्त्रमा सेवा क्षेत्रको वर्चस्व, आर्थिक वृद्धिदर २.८७ प्रतिशत हुने अनुमान « Khabarhub

लुम्बिनीको अर्थतन्त्रमा सेवा क्षेत्रको वर्चस्व, आर्थिक वृद्धिदर २.८७ प्रतिशत हुने अनुमान


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार यस प्रदेशको समग्र आर्थिक गतिविधिमा मिश्रित प्रभाव देखिएको छ । 

प्रतिवेदनअनुसार समीक्षा अवधिमा लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा २.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा सबैभन्दा बलियो देखिएको छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ५४.९२ प्रतिशत रहने अनुमान छ । 

यस्तै, कृषि क्षेत्रले २९.७६ प्रतिशत र उद्योग क्षेत्रले १५.३२ प्रतिशत योगदान पुऱ्याउने प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय स्तरको कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको हिस्सा १४.२० प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

कृषि उत्पादनमा ह्रास, तरकारी र मासुमा सुधार

समीक्षा अवधिमा प्रमुख खाद्य बालीले ओगटेको क्षेत्रफल र उत्पादन दुवैमा कमी आएको छ । खाद्य बालीको उत्पादन २.०६ प्रतिशतले घटेको छ । यद्यपि, तरकारी उत्पादन १८.९४ प्रतिशत र मसला बालीको उत्पादन १०.५८ प्रतिशतले बढेको छ । 

पशुजन्य उत्पादनतर्फ अण्डा (१२.२३ प्रतिशत), मासु (४.०४ प्रतिशत) र माछा (३.९१ प्रतिशत) को उत्पादनमा वृद्धि भएको छ भने दूधको उत्पादनमा ०.३५ प्रतिशतले सामान्य ह्रास आएको छ । प्रदेशको कुल खेती गरिएको जमिनमध्ये मात्र ४५.०७ प्रतिशतमा सिँचाइ सुविधा पुगेको प्रतिवेदनले देखाएको छ ।

उद्योगको क्षमता उपयोग ५० प्रतिशतमा सीमित

लुम्बिनी प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ५०.४४ प्रतिशत रहेको छ, जुन गत वर्षको तुलनामा केही सुधार (४६.५५ प्रतिशतबाट) हो । 

समीक्षा अवधिमा बियर, तोरीको तेल, चामल, सिमेन्ट र फलामे छडको उत्पादन बढेको छ भने पशुदाना, प्लाइउड र विद्युत्को तार उत्पादनमा कमी आएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा २३.८६ प्रतिशत कर्जा प्रवाह भएको छ ।

पर्यटन क्षेत्रमा भने केही सुस्तता देखिएको छ । पर्यटक आगमन संख्या १०.४५ प्रतिशतले घटेको छ भने होटलको अकुपेन्सी दर १५.७४ प्रतिशतले ह्रास आएको छ । 

अर्कोतर्फ, वित्तीय पहुँचमा भने वृद्धि भएको छ । २०८२ पुस मसान्तसम्म यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका २१४८ शाखाहरू सञ्चालनमा रहेका छन् । यस अवधिमा निक्षेप संकलन २१.४३ प्रतिशत र कर्जा प्रवाह २.७२ प्रतिशतले बढेको छ ।

प्रदेशका गौरवका आयोजनाहरूमा प्रगति जारी छ । नारायणघाट–बुटवल सडक (पश्चिम खण्ड) को भौतिक प्रगति ७५.४५ प्रतिशत र सिद्धबाबा सुरुङ मार्गको प्रगति ६४.४६ प्रतिशत पुगेको छ । 

रोजगारीतर्फ, राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७९,२२१ जना बेरोजगार सूचीकृत भएका छन् । साथै, समीक्षा अवधिमा लुम्बिनी प्रदेशबाट ७४,३३० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  १२ : १५ बजे

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको

कांग्रेसको असन्तुष्ट समूहले खोल्यो छुट्टै कार्यालय

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर असन्तुष्ट समूहले छुट्टै केन्द्रीय कार्यालय

कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त

काठमाडौं– कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका

निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय बढी बिरामीले पाए सेवा

काठमाडौं-सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार

नेप्सेका सिईओ चापागाईँले दिए राजीनामा

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)