कोरिया जान पाऊँ भन्दै सडकमा निस्किए युवा (तस्बिरहरू) « Khabarhub

कोरिया जान पाऊँ भन्दै सडकमा निस्किए युवा (तस्बिरहरू)


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

भाषा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् ।

साथै उनीहरूले भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकाहरुको फाइल पुनः रोजगारदातासम्म पुराउन माग गरेका छन् । 

प्रदर्शनमा सहभागीहरूले सबै कुरामा फिट भएर पनि कोरिया नलाने सिस्टम खारेज गर, हामीलाई आश्वासन होइन नजिता दे, भ्रष्टाचारीलाई संरक्षण गर्ने श्रममन्त्री राजीनामा दे, रास्वपा सरकार पीडितलाई न्याय देऊ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  १२ : ४१ बजे

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै