बजेटले बढाउला कर्मचारीको तलब  ? « Khabarhub

बजेटले बढाउला कर्मचारीको तलब  ?


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अब ४ दिन मात्रै बाँकी छ । झण्डै दुई तिहाइ सांसदको आधारमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारले नयाँ विशेषताको बजेट ल्याउने सम्भावना रहेको अनुमान धेरैले गरेका छन् ।

सरकारले ल्याउने बजेटले कर्मचारीको तलब पनि बढाउने चर्चा अहिले भइरहेको छ । तर, सरकारको राजस्व आम्दानीको अवस्थाले भने सरकारले कर्मचारीको तलब बढाउने विषय सजिलो नभएको पनि देखाएको छ ।

निजामती सेवा ऐन, २०४९ को दफा २७ मा कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी सङ्ख्या र विगत ती वर्षमा मूल्य सूचीको आधारमा प्रदान गरिएको महँगी भत्ता समेतलाई आधार बनाई तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने व्यवस्था छ ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले ०७९-८० को बजेटमार्फत कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए । ऐनमा भएको व्यवस्थाअनुसार गत आर्थिक वर्षमा नै सरकारले कर्मचारीको तलब वृद्धि गर्नुपर्नेमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले भने स्रोत अभाव देखाएर कर्मचारीको तलब बढाएनन् ।

पछिल्लो तीन आर्थिक वर्षको अवस्था हेर्दा आर्थिक वर्ष ०७९-८० मा औसत उपभोक्ता मुद्रास्फिति ७.७४, ०८०-८१ मा ५.४४ र ०८१-८२ मा ४.०६ प्रतिशत भएको थियो । साथै, चालु आर्थिक वर्षको ९ महिनामा अर्थात् चैतसम्म ४.४७ प्रतिशत उपभोक्ता मुद्रास्फिति भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

त्यस्तै, पछिल्लो तीन वर्षमा सरकारको राजस्व आम्दानी २३ प्रतिशत धेरैले वृद्धि भएको छ । चालु आर्थिक वर्षमा पनि राजस्व थप हुने सम्भावना छ । तर, वृद्धि भएको राजस्व सरकारको सञ्चालन खर्च धान्न पनि अझै पुगेको छैन ।

स्रोतकाअनुसार तलब भत्ता पुनरावलोकन समितिले यसपटक सरकारलाई कर्मचारीको तलब बढाउन सुझाव दिएको छ । तर, रास्वपाको सरकारले सरकारलाई दबाब दिने दलीय ट्रेड युनियनलाई खारेज गरेको कारण उनीहरू भने मौन अवस्थामा देखिएका छन् ।

वर्तमान सरकारले मन्त्रालयको संख्या कटौतीसँगै धेरै सार्वजनिक खर्चमा कटौती गर्ने कदम पनि चाल्दै आएको छ । सार्वजनिक संस्थानहरूको सम्पत्ति मूल्यांकन प्रक्रिया अघि बढेकाले घाटामा गएका संस्थानहरूको विषयमा पनि बजेटमार्फत सरकारले नयाँ निर्णय लिने सम्भावना देखिएको छ । जसले सरकारलाई चालु खर्चतर्फको व्ययभार घटाउनसक्ने सम्भावना देखिएको छ ।

तर, सरकारलाई कर्मचारीको तलब वृद्धिसँगै थप राजस्व व्यवस्थापन गर्ने चुनौती भने रहेको छ । अर्थ मन्त्रालयमा कर्मचारीको तलब वृद्धि गर्ने विषयमा सकारात्मक छलफल भइरहेको तर, अपेक्षित रूपमा वृद्धि हुने संकेत नदेखिएको कर्मचारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  १ : ५७ बजे

बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गरिने 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको

अस्ट्रेलिया–फिजीबीच रक्षा सम्झौता, दक्षिण प्रशान्तमा सुरक्षा सहकार्य सुदृढ हुने

सुभा– अस्ट्रेलिया र फिजीले दक्षिण प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य थप

श्रम संस्कृतिको चेतावनी- संविधान संशोधनका नाममा प्रदेश खारेज गर्ने दुस्साहस गरे स्वीकार्य हुँदैन

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी